• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ८. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ९. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • १०. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

चितवनका राजनीतिक दलको एउटै आवाज: प्रलोभनमा धर्म परिवर्तन गराउन पाइँदैन

  •   मङ्गलबार, फागुन १५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । कुनै व्यक्ति तथा समुदायलाई प्रलोभनमा पारेर धर्म पविर्तन गराउन नपाइनेमा चितवनमा रहेका प्रमुख राजनीतिक दलहरुले जोड दिएका छन् । नारायणगढको नारायणी कला मन्दिरमा पिता परमेश्वरको नाममा मानिसहरुलाई प्रलोभनमा पारेर धर्मान्तर गराउने कार्य भइरहेकोप्रति उनीहरुले खबरदारी गरेका हुन् । विश्व हिन्दु महासङ्घ चितवनले आयोजना गरेको सर्वदलीय, सर्वपक्षीय सरोकारवालाबीच सामाजिक, धार्मिक विषयको अन्तरक्रिया अन्तरक्रियामा सहभागी नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला नेतृत्वले धर्म किनबेच गर्न नपाइने बताएका हुन् ।

    मङ्गलबार भरतपुरमा आयोजित कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले धर्म आस्थाको आधारमा स्वतन्त्र हुनुपर्ने भन्दै किनबेच गर्ने बस्तु नभएको बताउनुभयो । नारायणगढको नारायणी कला मन्दिरमा फरक ढङ्गले भएको कार्यक्रम उचित नभएको भन्दै त्यसमा राज्यले ध्यान दिनुपर्ने खनालले बताउनुभयो । “नारायणी कला मन्दिरमा अहिले उद्देश्य विपरितको धर्म परिवर्तन गराउने काम भइरहेको छ” उहाँले भन्नुभयो, “त्यो काम तुरुन्त रोकिनुपर्छ ।”

    सनातनीहरुलाई आर्थिक प्रलोभनमा पारेर धर्म परिवर्तन परिवर्तन गराउने कार्य व्यवसायको रुपमा विकास भइरहेको उहाँको भनाइ थियो । “आर्थिक प्रलोभनमा पारेर समाजलाई विकृत बनाइएको छ” सभापति खनालले भन्नुभयो, “नारायणी कला मन्दिरमा सत्य वचन भन्दै गरिएको कार्यक्रमका विरुद्धमा म र मेरो पार्टीको ऐक्यबद्धता छ ।” छलफलका क्रममा नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले धर्म सत् चरित्र निर्माण गर्ने विषय भएकाले प्रलोभनमा पारेर धर्मान्तर गराउन नपाइने बताउनुभयो ।

    “हामी हाम्रो अभियानमा प्रतिबद्ध भएर गलत कार्यका विरुद्ध लागेमा अभियान टुङ्गोमा पुग्छ” न्यौपानेले भन्नुभयो, “प्रभावमा पारेर धर्म परिवर्तन गराउनु दण्डनीय भन्दै राज्यले धर्म परिवर्तन गराउनेहरुको डोनेशन स्वीकार गर्दै आएको छ ।” कुनै पनि प्रलोभनमा पारेर धर्म परिवर्तन गराउने कार्यको विरोध गर्नुपर्ने भन्दै न्यौपानेले नारायणी कला मन्दिर जुन उद्देश्यले निर्माण गरिएको हो त्यस उद्देश्य प्रप्तीका लागि प्रयोग गरिनुपर्ने बताउनुभयो । प्रलोभनमा पारेर गरिने धर्मान्तरको विरोधी आफू र आफ्नो पार्टी रहेको भन्दै गलत कार्यका विरुद्ध लाग्ने व्यक्ति तथा संस्थालाई एमालेले सहयोग गर्ने न्यौपानेको भनाइ छ ।

    सो छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका सभापति कृष्णप्रसाद भुसालले सबै धर्मलाई सम्मान गर्नुपर्ने भन्दै नेपाललाई विदेशीको इशारामा धर्म निरपेक्ष राष्ट्र बनाइएको बताउनुभयो । “संसारमा इसाइ, इस्लाम, बौद्धिस्ट मुलुक छन् तर विश्वको एकमात्रै हिन्दु राष्ट्र नेपाललाई धर्म निरपेक्ष बनाइयो” उहाँले भन्नुभयो, “नेताहरुले विदेशीको इशारामा नेपाली संस्कृति नास गर्न खोजेका छन् ।” सनातनीहरु विभाजित हुँदा अरु धर्मका समुदायले हेप्ने गरेका भन्दै भुसालले कला मन्दिरबाट सत्य बचन हटाउनका लागि प्रशासनले सहयोग गर्नुपर्ने बताउनुभयो । खुला रुपमा मान्छेहरुलाई भ्रममा पारेर कला मन्दिरमा धर्मान्तर गराउने काम भइरहेकाले त्यो कानुनअनुसार दण्डनीय काम भएको भुसालको भनाइ छ ।

    कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनका कार्यवाहक अध्यक्ष चेतनाथ वाग्लेले नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने भन्दै हिन्दु विरोधी गतिविधिहरु आफूहरुलाई सैह्य नहुने बताउनुभयो । कार्यक्रममा लेखक तथा अध्यता कैलाश कोइरालाले कला र संस्कृति संरक्षण गर्न कला मन्दिर स्थापना गरिएकाले कला र संस्कृतिमाथि प्रहार हुने गतिविधि गर्न दिन नहुने बताउनुभयो । सो कार्यक्रममा धार्मिक अभियान्ता प्रेमनिधि भारद्वाजले पछिल्लो समय नेपालमा धर्म विरोधी गतिविधिहरु बढ्दै गइरहेको बताउनुभयो ।

    पछिल्ला घटनाक्रमहरुले नेपाल अशान्त बन्दै गइरहेको भन्दै उहाँले सरस्वतीको मूर्ति विसर्जन गर्दा कफ्र्यु लगाउनुपर्ने अवस्था, राष्ट्रिय जनावर गाईका विषयमा विभिन्न टिकाटिप्पणी गदै समाजलाई अशान्त पार्न खोजिएको बताउनुभयो । “नारायणी कला मन्दिरमा पनि समाजलाई अशान्त पार्ने गतिविधि भइरहेको छ” उहाँले भन्नुभयो, “कला मन्दिर सनातनीको हो तर, यहाँ बाह्य सम्प्रदायलाई प्रश्रय दिइँदा सनातनीमाथि प्रहार भइरहेको छ ।” शान्ति बिनाको विकासको कुनै औचित्य नहुने भन्दै उहाँले नारायणी कला मन्दिरबाट सनातनी संस्कृतिलाई प्रहार गर्ने काम गर्न दिन नहुने बताउनुभयो ।

    कार्यक्रममा विश्व हिन्दु युवा संघ चितवनका अध्यक्ष घनश्याम पौडेल ‘श्याम’ले सनातनी संस्कृति हाम्रो सम्पदा भएकाले यसको संरक्षण गर्नुपर्ने बताउनुभयो । नारायणी कला मन्दिरमा पिता परमेश्वर भन्दै भ्रम छरिएकाले तत्काल यस्तो काम रोक्नुपर्ने भन्दै सर्बदलीय छलफल गरिएको उहाँको भनाइ छ । सनातनीहरुको कला मन्दिरमा गएर पश्चिमा धर्म र संस्कृतिको प्रचार गर्दै सनातनी र राज्यलाई खुला रुपमा चुनौती दिइएको उहाँले बताउनुभयो ।

    नारायणगढको नारायणी कला मन्दिरमा हरेक हप्ताको सोमबार र शनिबार ‘सत्य वचन परम् इश्वरीय मार्ग दर्शन’ भन्दै समुदायलाई भ्रमित पारेर धर्म परिवर्तन गराउने काम भइरहेको उनीहरुको भनाइ छ । कार्यक्रम विश्व हिन्दु महासंघ चितवनका अध्यक्ष प्रेम गैरेको अध्यक्षतामा भएको थियो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.