बुटवल । बुटवलमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ४ की ८० वर्षीया वृद्धाको दिउँसो सवा १ बजे मृत्यु भएको हो। ती वृद्धा सोमबार बिहान मात्रै लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी थिइन् । उच्च ज्वरो र स्वासप्रस्वासमा समस्या देखिएपछि बिहान अस्पताल आएकी उनको जिन एक्स्पर्ट मेसिनबाट स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले बतायो ।








