चितवन । चितवनमा बोलेरो गाडीले ठक्कर दिंँदा मोटरसाइकल चालककोे मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर .३ घर भई हाल भरतपुर महानगरपालिका वडा नम्बर ७ प्रेमबस्ती डेरा गरेर बस्ने (घर बनाउने मिस्त्रीको काम गर्ने) बर्ष ४० को अमरदेव महत्तो रहेका छन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहिबार राती पौने १२ बजे प्रेमबस्तीमा बा.प्र.०३–००१ च १९४६ नं.को बोलेरोले ना१७प ७३१३ नम्बरको मोटरसाइकललाई ठक्कर महत्तो गम्भिर घाईते भएका थिए । उनकोे उपचारको क्रममा राती सांँढे १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने बोलेरो चालक भरतपुर महानगरपालिका वडा नम्बर ६ गितानगरका बर्ष २५ को आशिष परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।








