• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ८. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ९. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • १०. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

नवलपुरका पहाडी क्षेत्रमा कफीखेती विस्तार हुँदै

  •   मङ्गलबार, फागुन २९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    मध्यविन्दु  ।  नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदीकाली गाउँपालिकाका कमला गुरुङले चार वर्षदेखि कफीखेती गर्दै आउनुभएको छ । व्यावसायिक रूपमा आफ्नै पाखापखेरामा करिब तीन सय कफीका बिरुवा लगाउनुभएका उहाँ राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । विगतको भन्दा यस वर्ष कफीखेती राम्रो रहेकाले यस वर्ष आम्दानी पनि बढ्ने अनुमान गरेको गुरुङले बताउनुभयो ।

    “पहाडी क्षेत्रमा कफीखेती राम्रो हुन्छ भन्ने सुनेका थियौँ, पछि थोरै सङ्ख्यामा बिरुवा लगाएर विचार गर्दा राम्रो उत्पादन भएपछि अहिले यसैलाई व्यावसायिक रूप दिएका छौँ,” उहाँले भन्नुभयो । जिल्लाकै हुप्सेकोट गाउँपालिकाका तुलीसरा राना मगरले पनि दुई सय कफीका बिरुवासहित कफीखेती गर्नुभएको छ । पहाडी क्षेत्रको त्यो पनि चिसो ठाउँमा कफी लगाउन सकिने र कफीबाट मनग्य आम्दानी समेत लिन सफल भएपछि आगामी वर्ष आफूले कफी खेती विस्तार गर्ने योजना रहेको उहाँको भनाइ छ ।

    “कफीखेती विस्तार हुने क्रम बढ्दो छ, यसको बजार राम्रो भएकाले अन्य छिमेकी पनि यसका बारेमा सोधखोज गर्न थालेका छन्”, उहाँले भन्नुभयो, “अहिले गरिरहेको क्षेत्रलाई विस्तार गरी काम गर्ने सोच बनाएका छौँ ।” नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी भेगका गाउँमा कमला र तुलीसरा जस्तै कफीखेती गर्ने किसान बढ्दै गएका छन् । सामान्य कफीखेतीबाट सुरु गरेका किसानले अहिले व्यावसायिक रूपमा खेती गर्न थालेका छन् । यसको उत्पादनसमेत राम्रो हुँदै गएकाले कफीखेतीतर्फ दिनप्रतिदिन आकर्षित बन्दै गएको किसान बताउँछन् ।

    जिल्लाको हुप्सेकोट, बुलिङटार र बौदीकाली गाउँपालिकामा अहिले किसान कफीखेतीतर्फ आकर्षित हुन थालेको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो । “जिल्लामा करिब पाँच सय किसानले ११ हेक्टरमा व्यावसायिक कफीखेती गर्दै आएको तथ्याङ्क छ”, उहाँले भन्नुभयो, “यहाँ प्रतिहेक्टर शून्य दशमलव आठ मेट्रिकटन कफी उत्पादन हुने गरेको छ ।”

    कफीखेती प्रवद्र्धनका लागि सरकारले विभिन्न सहुलियतका कार्यक्रमसहित निर्यात प्रवद्र्धन गर्ने योजना अगाडि बढाएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव भक्तराज जोशीले बताउनुभयो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डकाले स्थानीय तहसँग सहयोग र समन्वयका साथ उत्पादन अभिवृद्धिका कार्यक्रम अगाडि बढाउन आवश्यक रहेको उपसचिव जोशीले सुझाव दिनुभयो । “स्थानीय तहसँग सहकार्य गर्दा नेपाली कफीको उत्पादन बढाउन सहज हुने देखिन्छ”, उहाँले भन्नुभयो, “पहाडी गाउँमा कफीखेतीतर्फ किसानको आकर्षण बढ्दो छ ।”

    नेपालमा ४२ जिल्लामा करिब तीन हजार छ सय ५५ हेक्टरमा कफीखेती हुने गरेको छ । आर्थिक वर्ष २०७९÷८० मा नेपालमा कफीको उत्पादन करिब तीन सय ९४ मेट्रिकटन रहेको सरकारी तथ्याङ्क रहेको छ । सोही आर्थिक वर्षमा नेपालले रु १३ करोड चार लाख ४१ हजार मूल्य बराबरको ७७ मेट्रिकटन कफी निर्यात गर्दा रु ३२ करोड ५८ लाख ६६ हजार मूल्य बराबरको चार सय ५० मेट्रिकटन कफी आयात गरेको थियो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.