• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ८. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ९. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • १०. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

नवलपरासी पूर्वमा सुन्तला जातको फलफूल खेती क्षेत्र दोब्बरले वृद्धि

  •   शुक्रबार, चैत ०२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    मध्यविन्दु ।  नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा सुन्तला जातको फलफूल खेतीको क्षेत्र दुई दोब्बरले विस्तार भएको छ । परम्परागत रुपमा हँुदै आएको सो जातको खेती प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु भएपछि जिल्लामा झण्डै दुई गुणाले बढेको हो । पाँच वर्ष अगाडि तीन सय ३१ हेक्टरमा भएको यो खेती आयोजना सुरु भएपछि आठ सय १८ हेक्टरमा विस्तार भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना कार्यान्वयन एकाइ कावासोतीका प्रमुख वरिष्ठ कृषि अधिकृत सुनिलकुमार सिंहले बताउनुभयो ।

    परियोजनाले बुलिङटार, बौदीकाली गाउँपालिका, हुप्सेकोट–५, देवचुली–६, मध्यविन्दु ८ र १५ वडा गैँडाकोट गाउँपालिकाको १८ नम्बर वडासहित १७ वडामा सुन्तला जात फलफूलका लागि जोन कार्यक्रम सञ्चालन गरेको छ । सुन्तला जातमा प्रतिफल लिन समय लाग्ने भएकाले पाँच वर्षपछि उत्साहजनक प्रतिफल आउने कृषि उहाँले बताउनुभयो । “किसानलाई परियोजनाले उत्पादन वृद्धि, लागत न्यूनीकरण, मूल्य शृङ्खला अभिवृद्धिका क्षेत्रमा सहयोग गर्दै आएको छ”, उहाँले भयो, “जिल्लालाई बिरुवामा आत्मनिर्भर बनाएका छौँ यस वर्ष तीन वटा नर्सरीबाट ९० हजार बिरुवा उत्पादन हुन्छ ।”

    पहाडी क्षेत्रमा सुन्तला र कागतीको उत्पादन बढ्दा बाँझो जमिन हराभरा हुनुका साथै राजगारीको क्षेत्र बढेको बुलिङटार गाउँपालिकाका किसान खेम गेलाङले बताउनुभयो । उहाँले सुन्तला जातका बिरुवा उत्पादन गर्ने नर्सरी सञ्चालनमा ल्याउनुभएको छ । “राज्यका तर्फबाट किसानलाई दीर्घकालीन बाटो देखाउँदा उत्पादन बढाउन सकिने देखिन्छ”, उहाँले भन्नुभयो । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा नौ सय ९० घरधुरी सुन्तला र कागती खेतीमा सक्रिय छन् । त्यस्तै जिल्लाको हुप्सेकोट गाउँपालिकाको वडा नं १, २, ३ र ४ कावासोती नगरपालिकाको ४, ९, १०, १२, १५, १६ र १७ वडा र मध्यविन्दु नगरपालिकाको १, २, ३, ६ र ९ सहित १६ वटा वडामा तरकारी जोन कार्यक्रम लागू भएको छ ।

    आब २०७५÷०७६ मा सुन्तला जात र २०७६÷०७७ मा तरकारी जोन कार्यक्रम सुरु भएको हो । “पाँच सय १२ हेक्टरमा भएको तरकारी खेती परियोजना सुरु भएपछि सात सय ८० हेक्टरमा विस्तार भएको छ”, उहाँले भन्नुभयो, “सुन्तला जातमा भन्दा तरकारी जोनमा किसानले प्रतिफल लिन थालेका छन् ।” वार्षिकरुपमा छ समूहले रु एक करोडभन्दा माथि तरकारीको कारोबार गरेका छन् । आठ समूहले रु ५० लाखमाथि, आठ वटा समूहले रु २० लाखमाथि, आठ वटा समूहले रु १० लाखमाथिको कारोबार गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना कार्यान्वयन एकाइ कावासोतीका प्रमुख वरिष्ठ कृषि अधिकृत सुनिलकुमार सिंहले बताउनुभयो ।

    साथै परियोजनाले १६ कृषक समूहका सदस्यतर्फ १६ जना, पाँच वटा निजी फार्म र एक वटा समूहलाई उत्कृष्ट किसान घोषणा गरी पुरस्कृत गरिएको प्रमुख सिंहले जानकारी दिनुभयो । पुरस्कृत हुनेमा निजी फार्मतर्फ आरजु कृषि फार्म कावासोती–१७, रुद्रपुर कृषि तथा पशुपालन प्रालि, बौदीकाली–५, टीकारत्न टुल्की कृषि फार्म गैँडाकोट–१८, प्रेक्षा एग्रो फार्म बुलिङटार–३ र भुसाल कृषि फार्म बुलिङटार–४ रहेका छन् ।

    समूह सदस्यतर्फ युकबहादुर सारु, प्रेमप्रकाश पोख्रेल, धमलाल सिंजाली, नरविर मश्राङ्गी, भुवनसिंह सोमै मगर, चन्द्रबहादुर बाचेमगर, नरसिंह सुनारी, पीताम्बर सारु, धनबहादुर थापा, दलबहादुर रानामगर, दानबहादुर गाहा, ओमबहादुर अस्लामी मगर, गुञ्जबहादुर चितौरे, मिलन सारुमगर, देवबहादुर राना र ओमबहादुर झेंडी छन् । उनीहरुलाई जनही रु तीन हजार नगद र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । समूहतर्फ मध्यविन्दु कागती फलफूल तरकारी उत्पादन कृषक समूह रानीटार पुरस्कृत भएको थियो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.