काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा मन्त्रालय सम्हाल्ने भएका छन् । बुधबार मन्त्रीमण्डल विस्तार र केही मन्त्रीहरुको जिम्मेवारी परिवर्तन गर्दै रक्षा मन्त्रालय आफु मातहत तानेका हुन् । यसअघि रक्षामन्त्रालयको जिम्मेवारी सम्हालेका ईश्वर पोखरेललाई मन्त्रीपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ । विष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका छन् ।मन्त्रिपरिषद् हेरफेरका विषयमा बिहान नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो ।








