• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ८. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ९. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • १०. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

एक्सपर्ट एजुकेशन कन्क्लेभमा सहभागिता हुँदा डिआरएससंग भेट्न पाइने

  •   शनिबार, चैत ०३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पब्जी खेल युवापुस्ता माझ निकै नै लोकप्रिय छ । पछिल्लो समय यो खेल व्यवसायीक समेत बन्दै गइरहेको छ । यही खेलमा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धामा उत्रिएको नेपाली टोली हो डिआरएस । यो समूह केही समय पहिले सम्पन्न एसियाडमा समेत सहभागिता जनाएको थियो । पब्जी खेलेरै विश्वमा तहल्का मच्चाउँदै आइरहेका डिआरएस गेमिङ टिमका खेलाडीलाई भेट्न धेरै युवाहरु उत्सुक देखिन्छन् । अब त्यो उत्सुकता हट्ने भएको छ ।

    एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको आयोजनामा हुन गइरहेको एक्सपर्ट एजुकेशन कन्क्लेभ (शैक्षिक मेला)मा सहभागि हुनेहरुले डिआरएस गेमिङ टिमका खेलाडीहरुसंग भेटघाट गर्न पाउने छन् । एक्सपर्टको भरतपुर–१०, स्थित बेस क्याम्पमा यही चैत ५ गते सोमबार हुने एक्सपर्ट एजुकेशन कन्क्लेभमा डिआरएस गेमिङ टिम आउँदैछन् । उनीहरुले युवाहरुसंग अन्तरक्रिया गर्नुको साथै फोटो सेशन समेत गर्नेछन् । त्यसका अलवा कार्यक्रममा सहभागिहरुले लक्की ड्र मार्फत खेलाडीहरुको हस्ताक्षरसहितको डिआरएसको जर्सी खेलाडीहरुकै हातबाट पाउने छन् ।

    डिआरएस गेमिङ टिम भरतपुर आउनुअघि ४ गते एक्सपर्ट हेटौंडाको कार्यालयमा युवाहरुसंग अन्तरक्रिया तथा भेटघाट गर्नेछन् । सोही दिन दिउँसो रत्ननगर बकुलहरस्थित एक्सपर्टको कार्यालयमा समेत युवाहरुसंग भेटघाट गर्ने कार्यक्रम तय भएको छ । डिआरएस गेमिङ टिम हेटौंडा र चितवनका दर्शक तथा शुभेच्छुकहरुसंग भेट्ने अवसर मिलेकोमा उत्साहित देखिन्छ । डिआरएस टिमले एक भिडियो सन्देश जारी गर्दै कार्यक्रममा सहभागि हुन सबै युवाहरुमा आह्वान गरेको छ ।

    भिडियो सन्देशमा भनिएको छ–‘एक्सपर्ट एजुकेशनले तपाई र हामीलाई एकै ठाउँमा ल्याउँदैछ, हाम्रो टिम मेम्बरहरुसंग भेटघाट र रमाइलो गर्न तयार रहनुहोला ।’ एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले पब्जी खेल युवा पुस्ताहरुमाझ लोकप्रिय भएकाले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने खेलाडीहरुलाई चितवनका युवाहरुसंग भेट्ने र अन्तरक्रिया गर्ने वातावरण मिलाइएको बताए ।

    ‘डिआरएसका धेरै शुभचिन्तकहरु चितवन र हेटौंडामा छन्, उनीहरु सबैलाई भेट्ने र अनुभव साट्नका लागि एक्सपर्टले डिआरएस टिमलाई निम्ताएको हो, एक्सपर्ट एजुकेशन कन्क्लेभमा सहभागि हुने युवाहरुले लक्की ड्र मार्फत खेलाडीहरुकै हस्ताक्षरसहितको खेल जर्सी समेत उपहार पाउने छन्, कार्यक्रममा धेरै युवाहरु सहभागि हुनेमा हामी विश्वस्त छौं ।’–प्रबन्ध निर्देशक अधिकारीले भने । एक्सपर्ट एजुकेशन कन्क्लेभमा अष्ट्रेलिया, युके, न्यूजील्याण्ड र आयरल्याण्डका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुबाट विद्यार्थीहरुले प्रत्यक्ष रुपमा परामर्श पाउने छन् ।

    विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरु आउँदा विद्यार्थी तथा अभिभावकहरुले आफूसंग सबै जिज्ञाशाको समाधान पाउने छन् । त्यसले गर्दा वैदेशिक शिक्षा सहज हुने एक्सपर्टको विश्वास छ । अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्ट सन् २००३ अगष्ट ८ मा स्थापना भएको हो । एक्सपर्टका हाल २० भन्दा बढी देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् ।

    एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्ड, आयरल्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएस÷पीटीइ कक्षाहरु समेत संचालन गर्दै आइरहेको छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.