हेटौंडा । उच्चशिक्षाअध्ययनकाविदेशजानचाहने विद्यार्थीलाई लक्षित गरी हेटौंडामा एक्सपर्ट एजुकेशनकन्क्लेभ गरिएको छ । हेटौंडास्थित पारीजातपथमा रहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको कार्यालयमाआयोजितएक्सपर्ट एजुकेशनकन्क्लेभमाविद्यार्थीको उल्लेख्य सहभागिता देखिएको छ ।
विहान १० बजेदेखि अपरान्ह४ बजेसम्म चलेको कार्यक्रममाविद्यार्थी तथाअभिभावकको भीड लागेको थियो ।कन्क्लेभमा अष्ट्रेलिया, युके, न्यूजील्याण्ड,आयरल्याण्ड, क्यानडा र युएसएकाविश्वविद्यालयतथाकलेजका प्रतिनिधिहरुबाट विद्यार्थीहरुले प्रत्यक्ष रुपमा परामर्श लिएको शाखाप्रबन्धकअच्युतचालिसेले जानकारी दिए। सोहीकार्यक्रममापब्जी खेलकालागि युवापुस्तामाझनिकै नै लोकप्रियगेमिङ टिम डिआरएसका खेलाडीहरुको समेत उपस्थिति रहेको थियो ।
सो क्रममाकन्क्लेभमा सहभागिविद्यार्थीहरुले डिआरएसका खेलाडीहरुसंग अन्तरक्रियातथाफोटोसेसन गरेका थिए । डिआरएसकाअप्रेशनप्रमुख संगीन भट्टराईले हेटौंडाका शुभेच्छुकहरुसंग प्रत्यक्ष भेटघाट गर्न पाउनु खुशीको कुरा भएको बताए । ‘यो अवसरका लागिएक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजलाई धेरै धेरै धन्यवाद, शुभेच्छुकहरुसंग अन्तरक्रिया गर्न पाउनु खुशीको कुरा हो ।’ डिआरएससंग भेट्न र फोटोसेसनमा सहभागिहुनपाउँदाविद्यार्थी तथाशुभेच्छुकहरु खुशीभएकाथिए ।
डिआरएसका खेलाडीबाट उनीहरुकै जर्सी उपहार पाएका हेटौंडा बसामाडीका इन्द्र गौतम भन्छन्–‘आज डिआरएसका खेलाडीहरुसंग प्रत्यक्ष भेट्न पाउँदानसोचेको सपना पुरा भएको महसुस भएको छ, म ज्यादै खुशी छु, यो अवसरका लागि एक्सपर्ट एजुकेशनलाई धेरै धेरै धन्यवाद ।’ कन्क्लेभमा सहभागि २० जनाले लक्की ड्र मार्फत खेलाडीहरुको हस्ताक्षरसहितको डिआरएसको जर्सी उपहार पाएकाथिए । डिआरएसका खेलाडीहरु आजै चितवनको रत्ननगरस्थित एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको कार्यालयमा समेत पुगेर शुभेच्छुकहरुसंग भेटघाट गरेका थिए । सो क्रममाउनीहरुले फोटोसेसनका साथै आफ्नो जिज्ञाशा राखेका थिए ।
डिआरएसको टिम भोलि (सोमबार) भरतपुरस्थित बेस क्याम्पमाहुने एक्सपर्ट एजुकेशनकन्क्लेभमा सहभागिहुँदैछ । शुभेच्छुकहरुले भरतपुरमा डिआरएसंग भेटघाट तथाफोटोसेसनमा सहभागिहुन सक्ने छन् ।








