काठमाडौं । नेपाल सरकारका नवनियुक्त तीन जना मन्त्रीहरुले बिहीबार पद तथा गोपनीयताको सपथ लिने भएका छन्। बिहीबार बिहान साढे ११ बजे शितलनिवासमा सपथ ग्रहण कार्यक्रम आयोजना गरिएको राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले बताए । धानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रीपरिषद् विस्तार तथा केही मन्त्री जिम्मेवारी परिवर्तन गरेका थिए । ओलीले नेकपा महासचिव बिष्णु पौडेललाई अर्थ, काठमाडौंका सांसद कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास र सिरहाका सांसद लीलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नियुक्त गरेका छन् । रक्षा मन्त्रालयबाट ईश्वर पोखरेल हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको जिम्मेवारी दिइएको छ ।








