काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगित गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको तर्फबाट संवाद सचिव फणि पाठकले शनिबार एक सूचना जारी गर्दै यसअघिका वर्षहरुमा निर्मल निवासमा टीका प्रदान गर्नुका साथै दशैँभर विभिन्न शक्तिपिठको भ्रमण हुने गरेकोमा यसवर्ष सबै कार्यक्रम रद्ध गरिएको जानकारी दिए । कोरोनाको असहजताको स्थितिमा आस्था, मान्यता, मर्यादा र कर्तव्यशीलतालाई कायम राख्दै दशैँ पर्व शान्त, शालीनता र सादगी रुपमा मनाउने निर्णय लिएको पनि पूर्वराजाको सचिवालयले जनाएको छ ।
‘कोरोनाको असहजताको स्थितिमा आस्था, मान्यता, मर्यादा र कर्तव्यशीलतालाई कायम राख्दै दशैं पर्व शान्त, शालीनता र सादगीका रुपमा मनाउने निधो गरिबक्सेको छ,’ जारी सूचनामा भनिएको छ, ‘साथै यस वर्ष महाअष्टमीका दिन विभिन्न शक्ति पीठहरुमा दर्शन गरिबक्सने कार्यक्रम र विजय दशमीका दिनमा टीका बक्सने कार्यक्रम नहुने व्यहोरा जानकारी गराइन्छ।’
पूर्वराजा ज्ञानेन्द्रले कोरोना महामारीबिच यसरी मनाउँदैछन् यसपालिकाे दशैँ
पूर्वराजा ज्ञानेन्द्रले कोरोना महामारीबिच यसरी मनाउँदैछन् यसपालिकाे दशैँ
- अ
- अ
- अ








