चितवन । चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा १४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका ४० पुरुष र ४० महिला गरि ८० जना, रत्ननगरका ६ पुरुष ३ महिला, खैरहनिका २ पुरुष र २ महिला, कालिकाका १ महिला, राप्तीका ३ पुरुष, माडीका १ पुरुष र ईच्छाकामनाका १ महिलागरि चितवनका ९९ जना रहेका छन । अन्य संक्रमित हुनेहरुमा गोरखाका ३, लमजुङ्गका १, हेटौंडाका ५, नवलपुरका १९, सलार्हि,तनहुँ, मोरङ्ग, रौतहट, सुर्खेत, रुपन्देही, कपिलवस्तु, काठमाण्डौ, महोत्तरी, गुल्मी, कास्की, धनुषा र धादिङ्गका १४ जना समेतगरि जम्मा १४१ जना रहेका छन । संक्रमितहरु ८ महिना देखि ८४ बर्ष सम्मका रहेका छन । परिक्षण गरिएका नमुनाहरु सबै सिएमसी स्वाब संकलन केन्द्रबाट लिइएको अस्पतालले जनाएको छ । शनिबार परिक्षण गरिएका ३७२ वटा नमूना मध्ये २३५ वटाको रिपोर्ट नेगेटिभ आएको थियो भने १४१ वटा नमुनाको पोजेटिभ आएको हो ।








