• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

बडादशैंको छैटौं दिन: कात्यायनीदेवीको पूजा गरिँदै

  •   बिहिबार, कार्तिक ०६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । बडादशैं अन्तर्गत नवरात्रीको छैटौं दिन विहीवार कात्यायनीको पूजाआजा गरिदैँछ । देवी दुर्गा, आफ्नो छैटौं स्वरूपमा चन्द्रघण्टाको नामले प्रसिद्ध छिन् । पौराणिक कथा अनुसार कत नामको एक प्रशिद्ध महर्षि थिए, उनको पुत्र कात्य भए र त्यहि कात्यको गोत्रमा प्रसिद्ध ऋषि कात्यायन उत्पन्न भए । उनले देवी दुर्गालाई पुत्रीको रूपमा प्राप्त गर्न धेरै वर्षसम्म कठिन तपस्या गरे र ऋषि कात्यायनको इच्छानुसार नै दुर्गमासुर संहारिका माता दुर्गाले ऋषिको घरमा पुत्रीको रूपमा जन्म लिए र कात्यायनी नामले प्रसिद्ध भइन् । मस्तकमा अर्ध चन्द्र धारण गरेकी देवी नाना प्रकारको अलंकार या आभूषणबाट सुशोभित छ र चार भुजाले युक्त छिन् आफ्नो दाहिने हातले दुर्गाभवानी वर तथा अभय मुद्रा प्रदर्शित गरिरहनु भएको तथा बायाँ हातमा पद्, पुष्प तथा तरवार धारण गरेकी छिन् । कात्यायनी देवीको सिंह वाहन हो र देवी कात्यायनी सिंहमा आरूढ छिन् ।महिषासुर नामको दैत्यले एक समयमा देवताहरूलाई आक्रमण गरेर स्वर्गबाट बाहिर निकालिदियो र तीनै लोकमा अत्याचार गर्न थाल्यो। ब्रह्माजीको कठोर तपस्या गरेर दैत्य राजाले वरदान प्राप्त गरे की उसको मृत्यु कुनै स्त्रीको हातबाट मात्र हुन सकोस् । ब्रह्मा, विष्णु, शंकर, ईन्द्र, यम, वरुणआदि समस्त देवताहरूले आफ्नो आफ्नो तेजको अंशबाट एक शक्तिलाई उत्पन्न गराए र उनै शक्तिलाई आफ्नो आफ्नो नाना प्रकारका अस्त्र शस्त्र युक्त शक्तिहरू प्रदान गरे । महर्षि कात्यायनले नै सर्वप्रथम यिनै देवीको पूजा गरेका थिए, परिणामस्वरूप उनको नाम कात्यायनी रहन गयो र पछि महिषासुरलाई वध गरेपछि देवीको महिषासुरमर्दिनी दुर्गा नाम प्रसिद्ध भयो । आश्विन कृष्ण चतुर्दशीको दिन उनको प्रादुर्भाव भयो र त्यसपछि शुक्ल सप्तमी, अष्टमी, नवमी यिनै तीन दिनमा महर्षि कात्यायनले देवताहरूको तेज पुञ्जबाट प्रकट भएको त्यो दिव्य शक्तिको विधिवत पूजा आराधना गरिन् र अन्ततः दशमीको दिन देवीले महिषासुर दैत्यको वध गरिन् । कात्यायनीको स्वरूप अत्यन्त नै दिव्य एवं भव्य छ, ब्रज मण्डलकी अधिष्ठात्री देवी कात्यायनी भगवान् श्रीकृष्णको पतिको रूपमा गर्नको लागी ब्रजका गोपिनीहरूले कात्यायनी देवीको आराधना गरेका थिए । नवरात्रको छैटौं दिन अर्थात् षष्ठी तिथि यिनै कात्यायनीलाई समर्पित छ । कात्यायनी माताको श्रद्धा एवं भक्तिले गरेको पूजा एवं पाठका प्रभावले अविवाहिताहरूको यथाशीघ्र विवाह हुने र उपासना गरे एकदमै सरलता पूर्वक अर्थ, धर्म, काम तथा मोक्षलाई प्राप्त गर्न सकिन्छ र जन्म जन्मान्तरको पाप नष्ट हुने शास्त्रोक्त कथन रहेको छ । कात्यायनीलाई विशेष गरी गुलियो परिकारहरू प्रिय छन् । कात्यायनीलाई वैज्ञानिक दृष्टिले ब्रह्माण्डीय सम्पूर्ण केन्द्र शक्तिको स्वरूप मानिन्छ ।

    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.