चितवन । भरतपुर अस्पताल र चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा १२१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । बुधबार गरिएको परिक्षणमा चितवनका ८० सहित १२१ जनाको रिपोर्ट पोजेटिभ आएको हो। प्रयोगशालाका अनुसार भरतपुरका २८ पुरुष र ३० महिला गरि ५८ जना, रत्ननगरका ६ पुरुष र ४ महिला गरि १० जना, खैरहनिका ४ पुरुष र १ महिला गरि ५ जना, राप्तीका ४ पुरुष , कालिकाका, इच्छाकामना र माडिका ३ महिला समेत गरि ८० जना रहेका छन। यस्तै अन्य संक्रमित हुने हरुमा हेटौंडाका, नवलपरासी,गोरखा, पाल्पा,गुल्मी,तनहुँ लगायतका जिल्लाहरुका ४१ जना समेत गरि जम्मा १२१ रहेका छन।संक्रमितहरु ६ देखि ६८ बर्ष सम्मका रहेकोका छन। भरतपुर अस्पताल , सिएमसि ,पुरानो मेडकल कलेज ,लुम्बिनी मेडिकल कलेज नेशनल सिटि अस्पताल र विभिन्न क्वारेन्टिनबाट संकलन गरिएका ६१५ नमुनाको परिक्षण गर्दा ४९४ नमुनाको नतिजा नेगेटिभ आएको थियो भने १२१ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ।








