काठमाण्डौ । गैंडाको खाग सहित कारोबारमा संलग्न एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी जिल्ला इनरुवा नगरपालिका ७ का ४९ वर्षीय राजेन्द्र रिजाल रहेका छन् । हाल उनी काठमाण्डौ १२ कपनमा बस्दै शिक्षण पेशामा रहेका प्रहरीले जानकारी दिएको छ । संरक्षित वन्य जन्तु गैंडाको खागको अवैध कारोबार भईरहेको सुचना पाएपछि प्रहरी खोजीमा लागेको थियो । अपराध महाशाखाबाट खटिएको विशेष टोलीले काठमाडौं जिल्ला चुच्चेपाटी पासाङ ल्यामु चोकबाट उनलाई पक्राउ गरिएको हो । गैंडाको खाग भनि बिक्रि गर्न साथमा लिई हिंडिरहेको अवस्थामा गैडाको खाग बरामद तथा पक्राउ गरि राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत आवश्यक अनुसन्धानको लागी जिल्ला वन कार्यालय हात्तीसार पठाईएको प्रहरीले जानकारी दिएको छ ।








