चितवन
लायन्स क्लब अफ नारायणगढ बालकुमारी र नारायणी मोर्टसको संयुक्त पहलमा भरतपुरमा सञ्चालित भरतपुर कोरोना विशेष अस्पताललाई अत्यावश्यक सामाग्री उपलब्ध गराएको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई ती सामाग्री आज हस्तान्तरण गरे ।लायन्स क्लब अफ नारायणगढ बालकुमारी र नारायणी मोर्टसले १४ थान पिपिई अस्पताललाई हस्तान्तरण गरेको हो ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत पिपिई हस्तान्तरण गरिएको नारायणी मोटर्सका सञ्चालक बालगोपाल चुकेले जानकारी दिए । ‘कोरोना भाईरसको जोखिममा डाक्टर र चिकित्सक बढी हुने भएकोले हामीले पिपिई सहयोग गरेका हौं’ चुकेले भने, यो सानो सहयोगले अरुलाई समेत प्रेरणा मिल्छ भन्ने विश्वास छ ।’ उनले आगामी दिनमा आवश्यकता अनुसार थप सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै पिपिई हस्तान्तरण कार्यक्रममा क्लबका अध्यक्ष हरिराम पौडेल, पूर्व अध्यक्ष ईश्वकुमार राज भण्डारी , अनुषा चुके, अभिशेक चुके, आयुषा चुके लगायतको सहभागिता रहेको थियो ।