• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. बिचौलियाको मारमा किसान

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

जिल्लामा खुलेआम दर्जन बढी जुवाखाल : चितवन प्रहरी बेखबर की मुकदर्शक ?

  •   बुधबार, कार्तिक १२, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । देशकैं केन्द्रबिन्दु चितवन जिल्लामा बिगत केही हप्ता यता दिनदहाडै दर्जन बढी जुवाखाल सञ्चालन भईरहेको खुल्नमा आएको छ । जिल्लाको मुख्य ब्यापारिक केन्द्र नारायणगढ बजारको मिलनरोड, हरिहरमार्ग, लिलाचोक, पोखराबसपार्क, भरतपुरको बसेनी लगाएत जिल्लाका दर्जन बढी स्थानमा खुलेआम जुवाखाल सञ्चालन भईरहेको खबर प्राप्त भएको हो ।

    भण्डाफोर अभियानलाई प्राप्त भरपर्दो सुचना अनुसार स्थानिय चौंकी ईन्चार्ज र केही घुमुवा प्रहरीसँगको मिलेमतो र सेटिङ्गमै जुवाखाल सञ्चालन भईरहेको खुल्नमा आएको छ । एक गोप्य श्रोतले दिएको जानकारी अनुसार जिल्लाको भरतपुर महानगरपालिका वडा नं.१ हरिहरमार्गमा एकजना श्रेष्ठ थरका ब्यक्तिको घरमा, नारायणगढकै लिलाचोकमा हरि भन्नेको नेतृत्वमा, भरतपुर ११ बसेनीमा दिपक तामाङ्गको नेतृत्वमा बाह्रमासे जुवाखाल भईरहेको, त्यस्तै पुर्बीचितवनको भण्डारामा राजकुमार क्षेत्री र कुमार लामा भन्ने ब्यक्तिहरुले स्थानिय प्रहरीका केही चल्तापुर्ता प्रहरीलाई हातमा लिई केही हप्ताबाट दिनदहाडैं ठुलो जुवाखाल सञ्चालन गरिरहेका हुन् ।

    त्यस्तै ईच्छाकामना गाँउपालिका वडा नं ८ सिमलढाप, पिपलटार क्षेत्रमा समेत जिल्लाकै सबैभन्दा ठुलो जुवाखाल तिन महिना अघिबाट निर्वाद सञ्चालनमा आएको पाईएको छ । श्रोतका अनुसार नामुद जुवाडेहरु बोधराज पौंडेल, शालीग्राम सापकोटा, नवलपुर डण्डाका क्रृषि थनेत, रमेश श्रेष्ठ, गोर्खा घर भई खोलेसिमल ससुराली बस्दै आएका दोङ्ग थरका अर्का एक ब्यक्तिले सञ्चालन गरेको जुवाखालमा चितवन, नवलपुर, गोर्खा, तनहँु, धादिङ्ग, मकवानपुर लगाएतका जिल्लाबाट जुवाडेहरु आई बिना बाधा अड्चन निर्बाद जुवा खेलीरहेको श्रोतको दाबी छ ।
    त्यस्तै, जिल्लाको पर्सा, टाँडी, सौंराहा, शक्तिखोर, जुटपानी, गोन्द्राङ्ग, पटिहानी, जगतपुर, चनौली, लगाएतका ठाँउमा प्रहरीकै आखाँ अगाडी लाखौंको जुवाखाल भईरहेको श्रोतले जानकारी दिएको छ । श्रोतका अनुसार साबिकको दिब्यनगर सिसुवार भरतपुर २६ मा ईन्द्र बहादुर गुरुङ्गको नेतृत्वमा बाह्रमासे जुवाखाल भईरहेको बुझिएको छ । त्यस्तै रामपुर, चन्द्रनगर टुहुरेपसल लगाएतका स्थानमा समेत स्थानिय प्रहरी चौंकीका ईन्चार्जहरुलाई खुसी बनाई निर्बाद जुवाखाल सञ्चालन भईरहेको श्रोतले बताएको छ ।

    जुवाडेहरुको सुरक्षामा प्रहरीकै सम्लग्नताको आशंका
    जिल्लामा सञ्चालित अधिकांश जुवाखालमा स्थानिय प्रहरी चौंकी ईन्चार्ज र ड्युटीमा रहेका प्रहरीका साथै घुमुवा प्रहरीहरुको समेत प्रत्यक्ष–अप्रत्यक्ष सम्लग्न हुने गरेको श्रोतको दाबी छ ।
    श्रोतका अनुसार ठुला जुवाखालका जुवाडेहरुको सुरक्षा पहरा स्वंय प्रहरीहरुले नै दिने गरेको पाईएको छ ।

    जुवाडेहरुले केही रुपयाँको प्रलोभन दिई केही स्थानिय चौंकीका प्रहरीहरुलाई आफ्नो सुचकको रुपमा प्रयोग गरेको पाईएको हो । खाल भन्दा एक किलोमिटर पेरिफेरी अगाडीबाटै को आईरहेको छ, कतिजाना कस्ता मान्छे वा जिल्लाबाट जाने घुमुवा टोली वा बिशेष गस्ती आईरहेको छ सबै सुचना दिई उनीहरुलाई भगाउने र जोगाउने कार्य भईरहेकोले पछिल्लो समय निर्बाद जुवाखाल सञ्चालन हुँदापनि प्रहरीले पक्रन असफल भईरहेको श्रोतको दाबी छ ।

    चौंकी ईन्चार्जहरुको समेत सम्लग्नताले गर्दा जवान हवल्दारहरु मनोबल बढी उनीहरुले निर्बाद पहरा दिई जुवाखाल सञ्चालन भईरहेको ठोकुवा गर्दै श्रोतले भन्यो, ‘जुवाडेलाई पक्राउ गर्नुपर्ने प्रहरीले नै सुचना र सुरक्षा दिएपछी कस्को के लाग्छ र ?’

    तिन तहको सुरक्षा घेरा
    जुवाडेहरुले आफ्नो र जुवाखालको सुरक्षाको लागी तिन तहको सुरक्षा घेरा निर्माण गरेको बुझिएको छ । उनीहरुले आफ्नो सुरक्षाको लागी पहिलो तहमा जुवाखाल सञ्चालन भईरहेको घर धनी र केही छिमेकका युवालाई दैनिक ज्याला दिई सो घर आसपासमा अपरिचित मान्छे को आईरहेको छ, त्यस्को सुचना लिने गरेको पाईएको छ ।

    त्यस्तै दोश्रो तहमा आफ्ना पेशेवर कर्मचारी जो जता जुवाखाल हुँदापनि उनीहरुलाई सँगै लैजान्छन तिनीहरुलाई परिचालन गरिएको हुन्छ । उनीहरुले समेत जुवाडेहरुलाई सुचना दिने कार्य गर्दछन् । उनीहरुले पैदल र बाईकमा गस्ती गर्ने गरेकोे श्रोतको दाबी छ । दुई तह पछाडी रहेको जुवाडेहरुको सुरक्षा घेरा तिनै स्थानिय चौकीका केही प्रहरी हुने गरेको बुझिएको छ । जुवाडेहरुले दैनिक रुपमा उठाएको भिष्टो रकमको केही हिस्सा परिचालन गरी उनीहरुले आफ्नो सुरक्षा घेरा र सुचना प्रणालीलाई मजबुद बनाएकोले निर्बाद जुवाखाल सञ्चालन भईरहेको पाईएको छ ।

    यसैबिच यस बिषयमा बुझन् खोज्दा जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायब उपरिक्षक सुर्य थापाले बोक्ने मोबाईल जिल्लामै मुध्धा फाँटका ईन्सपेक्टर सुवास भट्टलाई छाडी उनी बिदामा गएको र ईन्सपेक्टर भट्टले आफुले कुनै कुरा गर्न नमिल्ने बताए । यता जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक नान्तीराज गुरुङ्गसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । आजको भण्डाफोर अभियान साप्ताहिकबाट

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      बिचौलियाको मारमा किसान

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.