काठमाडौं । पर्सामा गत बिहिबार शपथग्रहण कार्यक्रममा दुई पक्षबीच भएको झडपमा परेर मृत्यु भएका विन्दवासनी गाउँपालिकाका नेकपा सचिव मुकेश चौरसियाको अन्त्येष्टि गरिएको छ । मृत्यु भएको आठ दिनपछि चौरसियाको शव विन्दवासनी गाउँपालिकाको बहुवर्वा घाटमा अन्त्येष्टि गरिएको हो । झडपमा परि गम्भिर घाइते भएका चौरसियाको गत शुक्रबार बिहान ९ बजे वीरगन्जको एलएस न्युरो अस्पतालमा मृत्यु भएको थियो । त्यसपछि चौरसियाको हत्यामा संग्लनलाई कारबाही गर्न मृतकको परिवारले दिएको जाहेरी प्रहरीले नलिएपछि शवको पोष्टमार्टम हुने सकेको थिएन । बिहीबार दिउँसो ३ बजे जिल्ला सरकारी वकिल कार्यालय पर्सामार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा १२ जनामाथि जाहेरी दर्तासँगै शुक्रबार बिहान शव बुझेर पोस्टमार्टम भएको हो ।








