काठमाडौं । पुर्व राज्यमन्त्री जुवा खेल्दै गरेको अवस्थामा नगद सहित जुवाको खालबाट पक्राउ परेका छन।जुवाको खालबाट पक्राउ पर्नेमा पूर्व राज्यमन्त्री खोभारी राय रहेका छन्। महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीबाट खटि गएको टोलीले रायसहित १० जनालाई नगद १ लाख ५३ हजार सहित जुवा खालबाट पक्राउ गरेको हो । २०५२ सालमा शेरबहादुर देउवा र २०५३ सालमा लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा राज्यमन्त्री भएका थिए ।उनी २०६४ को संविधान सभाको निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका थिए ।२०६८ सालमा डा। बाबुराम भट्टराईको पालामा राज्यमन्त्री बनेका थिए ।








