• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. बिचौलियाको मारमा किसान

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

विश्वविद्यालयले नै पाएन भर्ना अनुमति

  •   सोमबार, कार्तिक १७, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । अरुलाई सम्बन्धन दिएर अनुगमन गर्ने विश्वविद्यालयले नै भर्नाको अनुमति पाएन भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । तर यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले पशु चिकित्सा तथा पशुपालन विषयमा भर्ना अनुमति पाएको छैन । न्यूनतम मापदण्ड समेत पूरा नगरेपछि नेपाल पशु चिकित्सा परिषद्ले भर्ना अनुमति नदिएको हो । अध्ययन, अनुसन्धान र प्रसार गर्ने विश्वविद्यालयले ६ वटा आंगिक र ८ वटा निजी क्याम्पसलाई सम्बन्धन दिएर अनुगमन गरिरहेको छ । तर आफ्नै केन्द्रीय क्याम्पस रामपुरमा मापदण्ड पूरा गर्न नसकेपछि यस वर्षको भर्ना पनि अन्योलमा पुगेको छ । सामान्यतया सो विश्वविद्यालयले दसैं र तिहारको बीचको समयमा स्नातक तहमा भर्ना खोल्ने भए पनि परिषद्बाट अनुमति नपाउँदा भर्ना खोल्न सकेको छैन । परिषद्का रजिष्टार डा.नारायण घिमिरे तोकिएका न्यूनतम मापदण्ड पूरा गर्न नसक्दा अनुमति नदिईएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “हामीले तारन्तार न्यूनतम मापदण्ड पूरा गर्न पत्राचार गरेपनि विश्वविद्यालयले हालसम्म पूरा गर्न सकेको छैन ।” उहाँका अनुसार पटक पटक मापदण्ड पूरा गर्ने प्रतिबद्धता आए पनि काम भने हुने गरेको छैन । पशु चिकित्सक उत्पादन गर्ने जस्तो संवेदनशील विषयमा प्रयोगशाला, पशु अस्पताल, पशुको संख्या, प्रयोगशालामा हुने उपकरण जस्ता सामान्य विषय वस्तु पनि विश्वविद्यालयले पूरा गर्न नसकेको घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो “चिकित्सक उत्पादन गर्ने हो, प्रतिबद्धताले हुँदैन, काम हुनुप¥यो ।” उहाँले जोड दिनुभयो “मापदण्ड पूरा नभए यस वर्षको भर्ना अनुमति पनि संभव छैन ।” विश्वविद्यालयले ध्यान दिएमा मापदण्ड पूरा गर्न धेरै समय र खर्च नलाग्ने उहाँको भनाई छ । बि.सं. २०७५ सालमा पहिलो वर्षको न्यूनतम मापदण्ड पूरा भएर विद्यार्थी भर्ना गर्न अनुमति दिएको भए पनि दोस्रो र तेस्रो वर्ष पूरा गर्नुपर्ने मापदण्ड पूरा विश्वविद्यालयले अझै पूरा गर्न सकेको छैन । त्यहाँ उत्पादित जनशक्ति दक्ष नभएको प्रश्न समेत उठ्ने गरेको घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो “त्यहाँ अध्ययनरत विद्यार्थीले तोकिएको मापदण्ड अनुसारको अध्ययन र प्रयोगात्मक कक्षा लिन पाएका छैनन् ।” विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा.पुण्यप्रसाद रेग्मी परिषद्ले तोके अनुसारका मापदण्ड पूरा गर्ने प्रतिबद्धताका साथ भर्नाको अनुमति माग्ने काम भएको बताउनुहुन्छ । आफू आए लगत्तै परिषद्मा अनुरोध गरिएको भन्दै उहाँले भन्नुभयो “तत्काल हुने काम गरिहाल्छौं, अरु मापदण्ड क्रमशः पूरा गर्दै जानेछौं ।” विगतका उपकुलपति र डिनका प्रतिबद्धता अनुसारको काम नभएपछि परिषद्ले प्रतिबद्धताको भरमा भर्ना स्वीकृत दिने संकेत देखिंदैन । रेग्मी अहिले जसरी पनि भर्ना गर्नका लागि भेटेनरी संकायका विज्ञहरुसँग छलफलमा जुटेको बताउनुहुन्छ । सो विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा.ईश्वरीप्रसाद ढकाल सोही संकायको डिन हुँदै उपकुलपति भएर कार्यकाल बिताईसक्नु भएको छ । उहाँपछि झण्डै १४ महिना उपकुलपतिको जिम्मेवारी पाउनु भएकी प्रा.डा.शारदा थपलिया पनि यस अघि सोही संकायको डिन हुनुहुन्थ्यो ।सो विश्वविद्यालयको पशु चिकित्सा संकायमा ५० जना विद्यार्थी पढ्ने गरेका थिए । न्यून शुल्कमा पढ्न पाउने भएपछि देशैभरका विद्यार्थीहरुको रोजाई यस विश्वविद्यालय पर्ने गर्दछ । तर पछिल्लो समय विश्वविद्यालय अस्तव्यस्त बनेपछि भर्ना समेत लिन सकेको छैन । विश्वविद्यालयमा राजनीतिक खिचातानीका कारण लामो समय उपकुलपति सहित उच्च अधिकारीहरुको पद खाली रहेर कायममुकायमको भरमा संचालन हुँदै आएकोमा हालै मात्रै विश्वविद्यालयले उपकुलपति पाएको छ । सेवा आयोगको अध्यक्ष, रजिष्टार, डिन लगायतका महत्वपूर्ण पदहरु अझै रिक्त छन् । यस विश्वविद्यालयमा प्राध्यापक, कर्मचारीदेखि विद्यार्थीसम्मले समय समयमा तालाबन्दी लगायतका आन्दोलनका कार्यक्रम गर्दा विद्यार्थीले पूरा समय पढ्न पाउँदैनन् भने प्रशासनको काम समेत ठप्प हुने गरेको छ । सोही ठाउँमा यस अघि त्रिभुवन विश्वविद्यालयको आंगिक रामपुर कृषि क्याम्पस रहेको थियो ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      बिचौलियाको मारमा किसान

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.