काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुग्नु भएको छ । भारतीय वायु सेनाको विमानमार्फत केहिबेर अघिमात्र उहाँ काठमाडौं आइपुग्नु भएको हो । नरवणेको साथै उनकी धर्मपत्नी तथा भारतीय सेनाको आर्मी भाइब्स वेलफेयर एसोसिएयनकी अध्यक्ष विना पनि आएकी छिन् । उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रभुराम शर्मा लगायतले स्वागत गरेका थिए । तीन दिवसीय भ्रमणको क्रममा नरवणेलाई कार्तिक २० गते राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ । छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं वृहत्तर पार्न थप मद्दत पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।
फोटो : नेपाल आर्मी








