• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

जीवनको अठार वर्ष गोहीसँग विताउनु भएका खड्का

  •   बिहिबार, कार्तिक २०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल सरकारको अधिकृत जो चौबीसै घण्टा काममा खटिन्छ भन्दा आश्चर्य लाग्न सक्छ । त्यसमाथि पनि अधिकांश समय वन र खोलामा भीमकाय जंगली जनावरको वरिपरि रहेर गर्नुपर्ने काम । जोकोहीले यो काम गर्न नै सकिन्छ भन्ने कल्पनै गर्न सक्दैन । तर चितवन राष्ट्रिय निकुञ्जमा १८ वर्षदेखि सहायक संरक्षण अधिकृत पदमा कार्यरत बेदबहादुर खड्काको दैनिकी यसैगरी बित्ने गरेको छ । निकुञ्जको गोही प्रजनन् केन्द्र हेर्दै आउनु भएका खड्काको गोहीको अण्डा संकलन गर्ने समयमा ३० प्रतिशत रात नदी किनारको बगरमा बित्ने गर्दछ । निकुञ्ज हुँदै बग्ने। नदीमा फागुनदेखि वैशाखसम्म धेरै समय उहाँले नदीमै अण्डा संकलनमा बिताउनुहुन्छ । बि.सं. २०४५ सालमा सगरमाथा राष्ट्रिय निकुञ्ज निकुञ्जमा रेञ्जर पदबाट सेवा शुरु गर्नुभएका खड्का बि।सं। २०५७ सालमा चितवन राष्ट्रिय निकुञ्जमा सरुवा भएर आउनु भयो । बि।सं। २०६३ सालमा लाङ्टाङ राष्ट्रिय निकुञ्ज सरुवा भई जानु भए पनि तीन वर्षपछि पुनः यही फर्किनु भयो । यहाँ आएदेखि उहाँले निरन्तर गोहीसँग बिताउँदै आउनु भएको छ । गोहीको अण्डा संकलन, अण्डा प्रजनन् केन्द्र ल्याएर आवश्यक तापक्रम मिलाई कोरल्नेदेखि बच्चा हुर्काएर खोला नदीमा छोड्नेसम्मको काम उहाँकै नेतृत्वमा हुँदै आएको छ । सँगै कछुवा, गिद्धको प्रजनन् केन्द्र पनि उहाँकै नेतृत्वमा छ । उहाँले गरेको कामको प्रकृति हेर्दा आङ्नै सिरिङ हुने गर्दछ । निकुञ्ज आसपासका नदी किनारमा सामान्य पालको घरमा उहाँले धेरै रात बिताउनु भएको छ । गोही, बाघ, हात्ती, गैंडा, अजिंगर जस्ता हिंस्रक जनावरको बासस्थानसँगै उहाँको पनि रात बित्ने गरेको छ । खड्का भन्नुहुन्छ “मलाई गते बार खासै थाहा हुँदैन । काम कति भयो भन्नेमा मात्रै ध्यान हुन्छ ।” कहिल्यै आफ्नो विदा पूरा सदुपयोग नहुने गरेको उहाँको भनाई छ । उहाँले भन्नुभयो “१० महिनापछि दशैंमा घर गएँ ।” उहाँले अगाडि थप्नुभयो “घर जान्छु भन्दाभन्दै नौ महिना भएछ । नौ महिनामा घर जान नहुने प्रचलन अनुसार १० महिनामा बल्ल घर गएँ ।” मूल घर सर्लाहीको हरिवन हो भने खड्काका श्रीमती र छोराछोरी काठमाण्डौंमा बस्नुहुन्छ । एक छोरी चिकित्सक अर्की छोरी बिडिएस अध्ययनरत हुनुहुन्छ भने छोरा कक्षा १२ मा पढ्दै हुनुहुन्छ । उहाँले भन्नुभयो “घरमा कहिलेकाही मात्रै जाँदा छोराछोरीले ‘हाम्रो बुबाको छोराछोरी नै गोही हुन्’ भन्ने गर्दछन् ।” परिवारलाई भन्दा संकटापन्न अवस्थामा पुगेको गोहीलाई बढी माया गर्ने खड्का एक पटक नदीमा जाँदा १४ रातसम्म बगरमा सुतेको स्मरण गर्नुहुन्छ । गोहीको अण्डा संकलन गर्न, अवस्था बुझ्न, उनीहरुको आनीबानी अध्ययन गर्न नियमित नदीमा जाने गर्नुहुन्छ । यसरी जाँदा एक जना डुंगा चलाउने बोट मात्रै साथमा हुने गर्दछन् । खड्का स्थानीय माझी बोटे झै घुम्दै गर्नुहुन्छ । सँगै लगेको चामल त्यही नदी किनारमा पकाएर उहाँले खाने गर्नुहुन्छ । नदी किनारमा झट्ट हेर्दा उहाँलाई कसैले नेपाल सरकारको अधिकृत भनेर पत्याउनै मुस्किल पर्छ । त्यसो त उहाँ अरु समयमा पनि गोहीसँगै हुनुहुन्छ । प्रजनन् केन्द्रमा रहेका पाँच सयभन्दा बढी साना ठूला गोहीको रेखदेख उहाँले गर्दै आउनु भएको छ । उहाँले यसका अतिरिक्त चरा, बाघ, गैंडा, हात्ती जस्ता जनावरको पनि अध्ययन र अनुसन्धान गर्दै आउनु भएको छ । समय समयमा आफूले गरेको अध्ययनलाई लिपिबद्ध गरेर अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशन गर्ने गर्नुभएको छ । कतिपय उहाँका लेखहरु नेपालका अनलाईन र पत्रपत्रिकाहरुमा पनि पढ्न पाईन्छ । रात दिन नभनी घडियाल गोही संरक्षणमा खटिनु भएका खड्काको जागिरको ५८ वर्षे सेवाअवधि आगामी पुसमा सम्पन्न हुँदैछ । उहाँले सम्हाल्दै आउनु भएको यो काममा अब को आउँला र कसरी काम गर्ला भन्ने प्रश्न पनि उठ्ने गर्दछ । उहाँले नेपाल सरकारको ‘जागिर’ नभनी संरक्षणमा देखाएको योगदान संरक्षण क्षेत्रका लागि अतुलनीय छ ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.