काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक चौथो पटक पनि सरेको छ । केन्द्रीय कार्यालय मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै बैठक २७ कात्तिकमा बस्ने गरी सारिएको जानकारी दिए । यस अघि नेताहरुलाई कोरोना देखिएपछि १९ असोजबाट २५ असोजका लागि बैठक सारिएको थियो । २५ असोजमा पनि केन्द्रीय समिति बैठक बस्न सकेन । त्यसपछि २१ कात्तिकमा बस्ने गरी बैठक बोलाइएको थियो । पार्टीमा सहमति नभएपछि २१ कात्तिकका लागि बोलाइएको बैठक २४ कात्तिकका लागि सारिएको थियो ।








