• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

मिचाहा प्रजातिका वनस्पति र मानवीय चाप बढेपछि मासिँदै चितवनको सिमसार क्षेत्र

  •   सोमबार, माघ २१, २०८१ मा प्रकाशित
  • चितवन राष्ट्रिय निकुञ्जभित्रको सिमसार क्षेत्रमा चर्दै गैँडा । तस्बिर : शालिग्राम नेपाल
    • अ
    • अ
    • अ

    चितवन । चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा रहेको सिमसार क्षेत्र मासिँदै जाने जोखिम वृद्धि भएको पाइएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र रहेका ६० वटाभन्दा धेरै सिमसार क्षेत्रमा मिचाहा प्रजातिका वनस्पतिका कारण क्षेत्र साँघुरिँदै गएको छ । निकुञ्ज आसपासमा रहेका सिमसार क्षेत्र पोखरी, घोल तथा पानीका स्रोत जलवायु परिवर्तन, मिचाहा प्रजातिका वनस्पति र मानवीय चापलगायतका कारण खुम्चिँदै गएको हो ।

    सिमसार क्षेत्रको संरक्षणको विषयमा चासो भए पनि व्यक्ति तथा संस्थाले मात्र जोगाउन नसकिने अवस्था रहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले बताउनुभयो । “पहिलेको अवस्थाभन्दा अहिले सिमसार क्षेत्र साँघुरिँदै गएको छ । हामीले यो विषयलाई स्विकार्नु पर्छ । जनचेतना फैलाउने, संरक्षणका उपाय अपनाउने कार्य हामीले गर्दै आएका त छौँ तर पर्याप्त भएको छैन,” प्रमुख संरक्षण अधिकृत डा. पन्तले भन्नुभयो । सिमसार क्षेत्रको संरक्षण कुनै व्यक्ति र संस्थाको मात्र दायित्व नभएर यो सबैको चासोको विषय हुने उहाँले बताउनुभयो ।

    “चितवन निकुञ्ज तालैताल भएको क्षेत्रका रूपमा परिचित छ । यो परिचयलाई हामीले कायम राख्नु पर्छ । यहाँको यही प्राकृतिक कारणले विश्वमा लोप हुन लागेका जनावर पनि यहाँ बाँच्न सकेका छन् । तिनै जनावरका कारण हामीले विश्वमाझ परिचित गराउन सकेका छौँ,” डा. पन्तले भन्न्नुभयो । निकुञ्जको लामीताल, तमोर ताल, सुकिबारलगायत क्षेत्र एकसिङे गैँडाको वासस्थान हो । यी क्षेत्र सिमसार क्षेत्र हुन् । यहाँको ताल र पानी भएको दलदल क्षेत्रमा मिचाहा प्रजातिका वनस्पति छिटो हुर्कने गरेका कारण हामीले हरेक वर्ष उखल्ने गरेका छौँ । यो हाम्रो दायित्व पनि हो,” उहाँको भनाइ छ ।

    निकुञ्जको बाहिरी क्षेत्र मध्यवर्तीमा रहेको बाटुली पोखरी, बिसहजारी ताल, राइनो ताल, टाइगर ताल, चेपाङ ताललगायतका दर्जनौँ ताल जलवायु परिवर्तन र मानीय चापको कारण साँघुरिँदै गएका छन् । यो क्षेत्रको संरक्षणमा निकुञ्जले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले बताउनुभयो । “संरक्षण भनेको सबैको हातेमालोमा हुने विषय हो । केही वर्षअगाडि बिसहजारी ताल वरिपरि धेरै प्रजातिका चरा पाइने गरेका थिए । अहिले त्यो सङ्ख्यामा कमी भएर बाटुली पोखरी क्षेत्रमा मात्र देखिन्छ । चरा कम देख्न थाल्नु भनेको सिमसार क्षेत्रमा मानवीय चाप वृद्धि भएको हुन सक्छ । तत्कालका लागि मानिसलाई रमाइलो लाग्ने र हेर्न जाने गतिविधि हुन्छ तर त्यसको प्रभाव पारिस्थितिक प्रणालीमा पर्न जान्छ,” उहाँले भन्नुभयो ।

    संरक्षणले पारिस्थितिक प्रणालीलाई सन्तुलनमा ल्याउन मद्दत गर्छ । यसले गर्दा मानव, जनावर, वनस्पति सबैका लागि राम्रो हुने सूचना अधिकारी थापामगरले भन्नुभयो । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाशश ढुङ्गानाले सिमसार मात्र नभएर निकुञ्जको जनावर, वनस्पति र जैविक विविधताको संरक्षणमा लागिपरेको बताउनुभयो । सिमसार क्षेत्रलाई जोगाउन सके मात्र यस क्षेत्रका बासिन्दालाई फाइदा हुन्छ । सिमसार क्षेत्रले भरिएको निकुञ्ज र आसपासको क्षेत्रलाई संरक्षण गर्न व्यवस्थापन समितिले काम गर्दै आएको उहाँले बताउनुभयो । गोरखापत्रबाट

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.