• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

ओलीको प्रचण्डलाई पत्र गुटबन्दी गर्ने तपाईं नै हो

  •   शुक्रबार, कार्तिक २८, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडाैं।  प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको गुटबन्दीको दोष अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएका छन्।

    प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले गत शनिबार बुझाएको पत्रको जवाफमा प्रधानमन्त्रीले यस्तो आरोप लगाएका हुन्।

    प्रचण्डलाई सम्बोधन गरिएको पत्रमा सचिवालयका अन्य सदस्यलाई बोधार्थ पठाइएको छ।

    ‘प्रचण्डलाई सम्बोधन गरिएको पत्रमा गुटबन्दी तपाईंले नै गरेको हो भन्ने लामो व्यहोरा छ। मैले पार्टी बैठक राख्दिनँ भनेर कहिले पनि भनेको छैन,’ प्रधानमन्त्रीको पत्रबारे स्रोतले भन्यो,’पत्रमा प्रचण्डलाई गुटबन्दी छोडेर पार्टी, देश र जनताको हितमा काम गर्न आउन आग्रह गरिएको छ। ८ पेज लामो पत्र भए पनि सारमा गुटबन्दीको आरोप प्रचण्डलाई लगाएकोबाहेक केही छैन।’

    पत्रमा प्रधानमन्त्रीको आक्रोश प्रचण्डमाथि नै धेरै देखिएको छ। दुई अध्यक्षबीचमा हुँदै नभएको कुरालाई बाहिर सार्वजनिक गरेको समेत प्रधानमन्त्री ओलीले आरोप लगाएका छन्।

    प्रधानमन्त्रीले पठाएको पत्रमा अबको निकासको बारेमा समेत केही उल्लेख नगरिएको स्रोतले बतायो।

    गत शनिबार सचिवालयको बैठकका लागि बहुमत सचिवालय सदस्यले लिखित ध्यानाकर्षण बुझाउन जाँदासमेत प्रधानमन्त्री ओली प्रचण्डसँग आक्रोशित बनेका थिए।

    प्रधानमन्त्री ओलीले त्यो दिन प्रचण्डलाई पटक-पटक जाली फटाहा भनेका थिए भने प्रधानमन्त्रीलाई पनि प्रचण्डले महाजाली र महाफटाहा भनेका थिए।

    मंगलबार प्रचण्डले कात्तिक २७ गतेका लागि सचिवालय बैठक बोलाउन सुझाव दिँदासमेत प्रधानमन्त्री ओली सकारात्मक भएका थिएनन्। प्रधानमन्त्रीलाई भेटेलगत्तै प्रचण्ड धुम्बाराही पुगेका थिए। धुम्बाराहीमा भएको बहुमत सचिवालय सदस्यको बैठकले समेत कात्तिक २७ गते बैठक राख्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेको थियो।

    प्रधानमन्त्रीले बैठक बोलाउन ढिलाइ गरेको भए बिहीबार ओलीइतर पक्षले अनौपचारिक बैठक गरेर सचिवालय बैठक तोक्ने तयारी गरेको थियो। त्यसपछि सचिवालय बैठक बोलाएर स्थायी कमिटी बैठक बोलाउने प्रचण्ड सहितका बहुमत सचिवालय सदस्यको तयारी थियो। प्रधानमन्त्री ओलीले बिहीबार नै शुक्रबारका लागि सचिवालय बैठक बोलाएपछि भने ओलीइतर पक्ष अगाडि बढेको छैन।

    नेकपा सचिवालय बैठक आज अपरान्ह ४ बजेका लागि डाकिएको छ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.