• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. बिचौलियाको मारमा किसान

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

सेवाग्राही अस्पताललाई स्वास्थ्य बिमा बोर्डले १६ अर्ब तिर्न बाँकी

  •   सोमबार, चैत १८, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । स्वास्थ्य बिमा बोर्डले सेवाग्राही अस्पताललाई १६ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको पाइएको छ। चैतभित्र सेवा प्रदायक अस्पतालहरूले दाबी गरेको रकम पुष्टि गर्दा १६ अर्ब रकम तिर्न बाँकी देखिएको स्वास्थ्य बिमा बोर्डका अध्यक्ष चन्द्रबहादुर थापा क्षेत्रीले बताए। आजको नागरिक दैनिकमा समाचार छ, उक्त बक्यौता चालु आर्थिक वर्ष २०८१/८२ भित्र तिर्नुपर्ने देखिएको बोर्डका सूचना अधिकारी विकेश मल्लले बताए।

    बिमितको संख्या बढ्दै गएअनुसार सरकारले बजेट कम विनियोजन गरेका कारण समयमै भुक्तानी गर्न नसकेको उनले बताए। मल्लका अनुसार सरकारले स्वास्थ्य बिमाका लागि तीन वर्षयता सात अर्ब ५० लाख रुपैयाँ विनियोजन गर्दै आएको छ। बिमितको संख्या बढ्दै जानु तर सरकारी अनुदानको बजेट कम हुँदै जानुले पनि आर्थिक सन्तुलन हुन नसकेको मल्ल बताउँछन्। ‘बर्सेनि बिमितको संख्या बढ्दै गयो तर बजेटको तह उस्तै रह्यो,’ उनले भने। बोर्डका अनुसार विशेष मागपछि सरकारले चालु आवका लागि तीन अर्ब बजेट थप गरेको छ।

    तर यो रकमले पनि यो आवभित्र बिमाको भुक्तानी गर्न सम्भव छैन। चालु आवको अन्तिमसम्म बिमितबाट दुई अर्ब रकम संकलन हुने सम्भावना छ। यसरी जम्मा हुने पाँच अर्ब रकम पनि भुक्तानीका लागि अपुग नै हुन्छ। बोर्डले विगतमा सेवा प्रदायक अस्पतालहरूलाई समयमै भुक्तानी नदिएपछि केही महिनाअघि शिक्षण अस्पतालले बिमा सेवा नै बन्द गरेको थियो। बोर्डले केही रकम भुक्तानी गरेपछि पुनः सेवा प्रदान गरेको थियो।

    सेवाप्रदायकलाई समयमै भुक्तानी नदिँदा अस्पतालहरूको पनि आन्तरिक बजेट प्रभावित भई व्यवस्थापनमा कठिनाइ हुने भएकाले समयमै अर्थात् कम्तीमा एकदेखि दुई महिनाभित्र भुक्तानी गर्न सके यो समस्या कम हुने देखिएपछि तत्कालै समाधान निस्कने नदेखिएको मल्लले बताए। ‘समयमै भुक्तानी गर्न सके बिरामीले छिटोछरिटो सेवा पाउँछन्,’ उनले भने। स्वास्थ्य बिमा बोर्डको कोषमा रकम कमी भएपछि सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साढे दुई अर्ब बजेट कटौती गरी बिमा बोर्डमा पठाएको मन्त्रालयको नीति तथा योजना महाशाखाका प्रमुख डा कृष्ण पौडेलले बताए।

    सरकारको निर्णयसँगै स्वास्थ्य मन्त्रालयको संघअन्तर्गतको बजेटमा कटौती भएको उनले बताए। उसै त स्वास्थ्य बजेट कम, त्यसमाथि कटौती हुँदा अन्य कार्यक्रम स्वतः प्रभावित हुने देखिएको प्रमुख पौडेलले बताए। स्वास्थ्य बिमा बोर्डमा केही वर्षयता देखिएका निरन्तर समस्या समाधान गर्न स्वास्थ्य बिमा बोर्ड र सरकार दुवैको भूमिका आवश्यक रहेको बोर्ड अध्यक्ष थापाले बताए।

    आगामी दिनमा बोर्डले औपचारिक क्षेत्रका नागरिकहरू कर्मचारी तथा व्यवसायीहरूलाई स्वास्थ्य बिमामा अनिवार्य रूपमा समेट्ने तयारी भइरहेको थापाले बताए। ‘व्यवसायी, कर्मचारी सबैलाई बिमा अनिवार्य गरेपछि कोष बलियो बनाउने योजनाका साथ काम गर्दै छौं,’ उनले भने। कोषको दिगो समाधानका लागि सरकारले पनि समयअनुसार बजेटको दायरा बढाउँदै जानुपर्ने उनको सुझाव छ।

    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      बिचौलियाको मारमा किसान

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.