पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–७ ज्यामिरेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।ज्यामिरेको भुटुकेबाट चुनढुङ्गा बोकेर सर्दीतर्फ जाँदै गरेको ना ८ ख ७९०५ नम्बरको टिपर मोटेखर्क खस्रेनी खोलामा दुर्घटना भएको थियो । दुर्घटनामा चालक सिन्धुपाल्चोक जिल्ला चौतारा नगरपालिका(१३ का ४० वर्षीय पूर्णबहादुर श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको रुप्सेभञ्ज्याङ्ग प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक डेढबहादुर थापाले जानकारी दिए । सामानसहितको टिपर सडकबाट करिब १० मिटर तल खसेको थियोे । घटनाको बारेमा थप अनुसन्धान भइहेको प्रहरीले जनाएको छ ।








