चितवन । चितवनमा गुडिरहेको बसमा एक्कासी आगो लागेको छ । शुक्रबार राति १०ः४५ बजेको समयमा रत्ननगर नगरपालिका–१६ कयरखोला पुल नजिकै भित्री सडक खण्डमा पर्साबाट पिठुवातर्फ आउदै गरेको बा प्र०६–००१ ख ०१८८ नम्बरको गुडिरहेको बसमा आगो लागेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
प्रहरीका अनुसार बसमा यात्रुहरु भने थिएनन् । बसमा लागेको आगो खैरहनी नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा घटना भएको २० मिनेटपछि प्रहरीले निभाएको हो । बस चालक कालिका नगरपालिका–९ शक्तिखोर बस्ने वर्ष ५२ को कुल बहादुर रायमाझी प्रहरीको सम्पर्कमा आएका छन् । रायमाझी नै बस धनी रहेको खुलेको छ ।








