चितवन । भरतपुर महानगरपालिकाको वडा नं ७ र १० का विभिन्न स्थानमा आज विद्युत अवरुद्ध भएको छ । ११ केभी प्रसारण लाइनको स्तरोन्नती कार्यको लागि विद्युतीय संरचना स्थानान्तरण गर्नुपर्ने भएकाले लाइन काट्न लागिएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले बताएको छ ।
भरतपुर–७ को बुद्धचोकदेखि कटहर चोकसम्म र त्यस आसपासको क्षेत्रमा बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म विद्युत अवरुद्ध हुने वितरण केन्द्रले जानकारी दिएको छ । त्यस्तै, भरतपुर–१० को गौतम चोकदेखि एमाले पार्टी कार्यालयसम्म र त्यस आपपासको क्षेत्रमा बिहान १ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत अवरुद्ध हुने भएको छ । निर्धारित समय अगाडि नै काम सकिएमा छिट्टै विद्युत सुचारु हुने बताइएको छ ।








