चितवन । चितवनको रत्ननगर नगरपालिका–६ बछौलीमा मादक पदार्थ सेवन (मापसे) गरेका मोटरसाइकल चालकले अर्काे मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् । सोमबार साँझ ९ः४५ बजेको समयमा बछौलीबाट सौराहा आउदै गरेको प्र३–०३–००१ प ८७२६ नम्बरको मोटरसाइकलले विपरित दिशातर्फबाट जाँदै गरेको बा प्र०६–००३ प १८८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना भएको थियो ।
प्र३–०३–००१ प ८७२६ नम्बरको मोटरसाइकल चालक रत्ननगर–२ बस्ने वर्ष ३२ को आकाश पाठकको दाहिने हात र दाहिने खुट्टामा चोट लागेर मध्यम घाइते भएको प्रहरीले बताएको छ । सोहि मोटरसाइकल पछाडि सवार खैरहनी नगरपालिका–२ बस्ने वर्ष २४ को सिमान सिवाकोटीको दुवै हात र खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको छ । बा प्र०६–००३ प १८८७ नम्बरको मोटरसाइकल चालक रत्ननगर–६ बस्ने वर्ष २२ को विकाश चौधरीको छातीमा भित्री चोट लागेको र अवस्था मध्यम रहेको प्रहरी चौकी बछौलीले जानकारी दिएको छ ।
बछौलीबाट सौराहातर्फ आउँदै गरेको मोटरसाइकलका चालक र मोटरसाइकल पछाडिमा सवार व्यक्तिले मापसे गरेको प्रहरीले बताएको छ । अर्काे मोटरसाइकल चालकले भने मापसे गरेका थिएनन् ।








