चितवन । रत्ननगर नगरपालिका वडा नं १ सौराहाचोकमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
आज बिहान करिब ७:४५ बजे ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो। मृत्यु हुनेमा रत्ननगर वडा नं १६ निवासी अन्दाजी २७ वर्षीय किशोर श्रेष्ठ रहेका छन् ।
इलाका प्रहरी कार्यालय टाँडीले दिएको जानकारी अनुसार भरतपुरबाट खैरहनीतर्फ जाँदै गरेको ना ६ ख ६२८२ नम्बरको ट्रकले ना ६४ प ४३३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
घाइते स्कुटर चालकलाई तत्काल रत्ननगर अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि चितवन मेडिकल कलेज रिफर गरिएकोमा उपचारका क्रममा श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र ट्रक चालकलाई इलाका प्रहरी कार्यालय टाँडीले नियन्त्रणमा लिएको छ।








