• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

‘नदीसँगै हामी’ अभियानले सार्वजनिक गर्‍यो नारायणी नदी किनारमा विद्यमान फोहोरको अवस्था

  •   सोमबार, जेठ ०५, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । ‘नदीसँगै हामी’ अभियानले आइतबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी भरतपुर महानगरतर्फको नारायणी नदी किनारमा विद्यमान फोहोरको अवस्था सार्वजनिक गरेको छ । ‘नदीसँगै हामी’ अभियानले ‘वेस्ट अडिट रिपोर्ट’ सहित भरतपुर महानगरतर्फको नारायणी नदी किनारमा विद्यमान फोहोरको अवस्था सार्वजनिक गरेको हो ।

    ‘नदीसँगै हामी’ अभियानद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पछिल्ला केही वर्षदेखि प्रदूषण, निर्माण गतिविधि, ढल मिसावट, अव्यवस्थित मेला, उत्सव र पर्यटनका कारण नारायणीको गौरव संकटमा पर्न थालेको देखिन्छ । नारायणीलाई बचाउनु भनेको हाम्रो संस्कृति, हाम्रो भविष्य र हाम्रो जिम्मेवारी जोगाउनु हो ।’

    ‘नदीसँगै हामी’ अभियानमा चितवन र नवलपुरका १३ वटा संस्था आबद्ध छन् । तीमध्ये एक बेटर चितवनले डब्लुडब्लुएफको सहयोगमा सहमतिलगायत अभियानमा आबद्ध संस्थाहरुको सहकार्यमा गत वर्ष कात्तिक २४ देखि ३० गतेसम्म भरतपुर महानगरतर्फको नारायणी नदी किनारका विभिन्न आठ स्थानमा फोहोर नक्साङ्कन र अडिट गरेको थियो । यस कार्यमा वेस्ट अडिटरका रुपमा ई. सागर कार्की, आकृति सुवेदी, सुवर्णा घिमिरे, सनिशा आचार्य, स्वस्तिका सिग्देल, रुष्मा भण्डारी र आस्था लामा संलग्न भएका थिए ।

    फोहोर नक्साङ्कन र अडिट गरिएका स्थानहरुमा भरतपुर–१ को देवघाटधाम र दाहसंस्कार क्षेत्र एवम् जोरकुसुम पार्क, भरतपुर–३ को नारायणी नदी किनार, भरतपुर–४ को नगर वन क्षेत्र, भरतपुर–१६ को भँगेरीथान पर्यटकीय क्षेत्र र भरतपुर–२८ को गोलाघाट पर्यटकीय क्षेत्र रहेका छन् । उक्त अध्ययनका क्रममा सबै ठाउँबाट एक क्वीन्टल फोहोर संकलन गरिएको बेटर चितवनले जनाएको छ ।

    संकलित फोहोरमध्ये सबैभन्दा धेरै नारायणी नदी किनारमा ३५ किलो र सबैभन्दा कम गोलाघाट क्षेत्रमा ७३० ग्राम रहेका छन् । संकलित फोहोरमा प्लाष्टिक ४२ दशमलव ५५ प्रतिशत रहेको छ । त्यसपछि क्रमश: कपडा १७ दशमलव १४ प्रतिशत र सिसाका टुक्रा १२ दशमलव ६२ प्रतिशत पाइएको छ ।

    फोहोर व्यवस्थापनमा सुधार ल्याउनका लागि सबै तीर्थस्थल, घाट क्षेत्र, पर्यटकीय क्षेत्र र नदी किनारमा रङ अनुसारका फोहोर राख्न डस्टबिन राख्नुपर्ने, ढल र मलमूत्र नदीमा मिसाउने कामलाई तुरुन्त रोक्नु पर्ने, प्लाष्टिकमुक्त क्षेत्र घोषणा र सहभागितामूलक सरसफाइ अभियान संचालन गर्नुपर्ने अध्ययनको सुझाव छ ।

    ‘नदीसँगै हामी’ अभियानमा आबद्ध संस्था सहमतिको परियोजना संयोजक खेमराज खनालले नारायणी नदी प्रदूषणमा प्लाष्टिक प्रमुख समस्याको रुपमा पहिचान गरिएको बताए । सहमतिले गैँडाकोट नगरपालिकातर्फ नारायणी नदी किनार क्षेत्रमा फोहोर नक्साङ्कन र वेस्ट अडिटको काम गर्दै आइरहेको छ ।

    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.