• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. बिचौलियाको मारमा किसान

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

मदन भण्डारीको शव प्राप्त भएको गाँजीपुरमा स्मृति सभा

  •   सोमबार, जेठ ०५, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  ।  ‘जनताको बहुदलीय जनवाद’ का प्रणेता, नेकपा (एमाले) का तत्कालिन महासचिव जननेता स्व.मदन भण्डारीको रहस्यमय जीप दुर्घटनापछि शव प्राप्त भएको चितवनको गाँजीपुरमा आज स्मृति सभा गरिएको छ । मदन भण्डारी फाउण्डेशन चितवनले आज मदन–आश्रितको स्मृतिमा सभा गरेको हो । जेठ ३ गते दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनापछि आजैको दिन (जेठ ५ गते) भरतपुर महानगरपालिका वडा नं. १७ गाँजीपुरमा भण्डारीको शव प्राप्त भएको थियो । मदन–आश्रित स्मृति सभालाई सम्बोधन गर्दै नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य एवं चितवन जिल्ला इञ्चार्ज देवी ज्ञवालीले यदि मदन भण्डारीको विचार नभएको भए अहिले नेकपा (एमाले) क्रमशः मोहनविक्रमकै हालतमा हुने बताउनुभयो । समयको सापेक्षतामा, समयको गतिमा नीतिहरुको परिवर्तन हुँदै जाने भन्दै ज्ञवालीले भन्नुभयो “माक्र्सवादको सिर्जनात्मक विकास र प्रयोग अहिलेको आवश्यकता हो ।”

    विगतमा हिंसात्मक संघर्ष चलाउनेहरु पनि १० वर्षपछि मदन भण्डारीको नाउ लिएर वा नलिएर जनताको बहुदलीय जनवादको बाटोमा आउन बाध्य भएको ज्ञवालीको भनाई थियो । उहाँले भन्नुभयो “माओवादीले जनताको नाउँमा चलाएको हिंसात्मक आन्दोलनको अवशान भयो, जनताको बहुदलीय जनवाद स्थापित भयो ।” माओवादीलाई यो कुरा स्वीकार गर्न गाह्रो भईरहेको भन्दै पोलिटब्यूरो सदस्य ज्ञवालीले भन्नुभयो “यो कुरालाई अझै पनि स्वीकार गर्न गाह्रो छ भने, कानलाई सिधै समाउन अप्ठ्यारो छ भने, घुमाएर समाउनुहोस् तर योभन्दा अर्काे बाटो छैन ।” अब माओवादीहरुले हिँड्ने बाटो पनि जनताको बहुदलीय जनवाद भएको उहाँको भनाई छ । उहाँले भन्नुभयो “जनताको अभिमत लिएर, जनताबाट अनमोदित भएर, जनताको हितमा प्रयोग गर्ने गरी अघि बढ्ने यही जनताको बहुदलीय जनवाद हो ।”

    सभामा बोल्दै एमाले केन्द्रीय सदस्य यमबहादुर परियारले कुनै पनि कम्युनिष्ट पार्टीलाई सही दिसामा अघि बढाउनका लागि पार्टीको राजनीतिक कार्यदिशा सही हुनु पर्ने बताउनुभयो । नेपालको कम्युनिष्ट आन्दोलनलाई सही दिशामा अघि बढाउने नेतृत्व नेकपा (एमाले) ले गरिरहेको उहाँको भनाई थियो । सन् ९० को दशकमा विश्व कम्युनिष्ट आन्दोलनमा खडेरि परिरहेको समयमा र पूँजीवादीहरुले ‘अब संसारमा साम्यवाद रहने छैन’ भनिरहेको कठिन परिस्थितिमा मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादको उत्कृष्ट विचारले नेपालमा कम्युनिष्ट आन्दोलन सफल भएको परियारको भनाई छ । उहाँले भन्नुभयो “यही विचारले एमाले यहाँसम्म आईपुगेको हो ।”

    जनताको बहुदलीय जनवाद हेर्दा एमालेको विचार भए पनि छरिएर रहेका कम्युनिष्टहरुलाई त्यसले सकारात्मक प्रभाव पारेको उहाँले बताउनुभयो । एमाले वागमती प्रदेश उपाध्यक्ष एवं पूर्व मन्त्री दावा दोर्जे लामाले जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारीलाई विश्व कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन सक्ने देखेपछि ‘जुनसुकै मूल्यमा मदन भण्डारी रह्यो भने नेपालमा मात्रै होइन, विश्वभरि नै कम्युनिष्ट आन्दोलन फैलिन्छ र यो कार्यक्रमले विश्वभरि नै कब्जा गर्छ’ भन्ने उद्देश्यले योजनाबद्ध ढंगले स्वदेशी तथा विदेशी शक्तिले मदन भण्डारीको हत्या गरेको बताउनुभयो । यसको वास्तविक हत्यारा को हो ? अहिलेसम्म पत्ता लगाउन नसकिएको भन्दै उहाँले भन्नुभयो “कुनै दिन पत्ता लाग्छ भन्ने मलाई लाग्छ ।”

    मदन भण्डारी नभए पनि उहाँले ल्याएको नीति कार्यक्रम बोकेर हिँडेका कारण अहिले एमाले सरकारमा पुगेको लामाले बताउनुभयो । उहाँले भन्नुभयो “जबजलाई शसक्त ढंगले आम जनतासम्म पु¥याउनु हामी सबैको दायित्व हो ।” एमाले वागमती प्रदेश कमिटी सदस्य एवं फाउण्डेशनका केन्द्रीय सदस्य राम न्यौपानेले मदन भण्डारी गुमाउँदा नेपाली कम्युनिष्ट आन्दोलनले आफ्नो विचारक गुमाएको बताउनुभयो । जनताको बहुदलीय जनवादले विश्व कम्युनिष्ट आन्दोलनमा नयाँ उचाई प्राप्त गरेको न्यौपानेको भनाई छ । नेकपा (एमाले) जब जब सत्तामा पुग्छ तब तब नयाँ कार्यक्रमहरु आउँछन् । ती नयाँ कार्यक्रम ल्याउने विचारको भण्डार जबज भएको उहाँको भनाई थियो ।

    मदन भण्डारी फाउण्उडेशन चितवन अध्यक्ष एवं सभाका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले फाउण्डेशन स्थापनादेखि हालसम्म भएका कामहरुको चर्चा गर्नुभयो । उहाँले फाउण्डेशनले स्थापनासँगै वैचारिक र राजनीतिकसँगसँगै सामाजिक र आर्थिक विकासको काम गरेको बताउनुभयो । समाजको अहिलेको अवस्थालाई परिवर्तन गर्दै अगाडि लैजानु फाउण्डेशनको उद्देश्य रहेको चर्चा गर्दै अध्यक्ष डा. भट्टराईले भन्नुभयो “वैचारिकसँगै सामाजिक र आर्थिक परिवर्तनलाई सँगैसँगै अगाडि लैजानु पर्छ ।” समग्र नारायणी नदी किनारसँगै गाँजीपुर क्षेत्र र दासढुंगा क्षेत्रको सँगसँगै विकास गर्नुपर्ने भन्दै उहाँले भन्नुभयो “यी दुई ठाउँलाई आर्थिक रुपान्तरणको केन्द्र बनाएर अगाडि बढ्नु पर्छ भनेर लागिपरेका छौं ।”

    गाँजीपुरको समग्र परिवर्तन के गर्दा हुन्छ भन्ने कुरा अध्ययन गरेर केही परिवर्तनको कामहरु भएको भन्दै अध्यक्ष डा. भट्टराईले भन्नुभयो “दासढुंगादेखि गाँजीपुर हुँदै गोलाघाटसम्मको विकासलाई एकीकृत गरेर लैजानु पर्छ ।” दासढुंगा–गाँजीपुर एकीकृत विकास परियोजनाको नाममा समिति तयार गरी विज्ञहरुको टोली सहित यस क्षेत्रको विकासको अध्ययन गरी खाका तयार गरिएको भन्दै उहाँले भन्नुभयो “त्यो खाका हामीले केन्द्र र प्रदेश सरकारलाई पठाएका छौं ।” फाउण्डेशनका सचिव श्याम बिष्टले सञ्चालन गर्नुभएको कार्यक्रममा नेकपा एमाले भरतपुर १७ का वडा अध्यक्ष तुल्सीराम पाण्डेले स्वागत गर्नुभएको थियो भने फाउण्डेशनका उपाध्यक्ष शम्भु सुवेदीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

    कार्यक्रममा मदन भण्डारी फाउण्डेशन चितवनका पदाधिकारी तथा सदस्यहरु, एमाले जिल्ला, प्रदेश, केन्द्रीय समितिका विभिन्न तहमा रहेका नेताहरु, युवा, विद्यार्थी, जनप्रतिनिधि सहित ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । बि.सं. २०५० साल जेठ ३ गते नारायणगढ–मुग्लिन सडक खण्डको दासढुंगामा नेकपा (एमाले) का तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित सवार जीप रहस्यमय दुर्घटनामा परेको थियो ।

    आश्रितको शव दासढुंगामा नै भेटिएको थियो भने भण्डारीको शव घटना भएको तीन दिनपछि गाँजीपुरमा भेटिएको थियो । मदन भण्डारी फाउण्डेशन चितवनले दासढुंगा र गाँजीपुरलाई राजनीतिक तीर्थस्थलको रुपमा विकास गर्दै विभिन्न पर्यटकीय पूर्वाधार निर्माणमा समन्वय गर्दै आएको छ भने वैचारिक र राजनीतिक छलफलका कार्यक्रम पनि गर्दै आएको छ ।

    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      बिचौलियाको मारमा किसान

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.