चितवन । चितवनमा मोटरसाइकल मोडिफाइ गरेर ध्वनि प्रदुषण गराउँदै कुदाउने ४३ वटा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । भरतपुरका विभिन्न ठाउँबाट मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकलाई जरिवाना तिराएर सचेतनामूलक कक्षा लिएपछि मात्रै छाडिएको छ ।








