चितवन | केहि समय अगाडि कालिका नगरपालिका मा आएको भीषण हावाहुरीका कारण बाटो नं. ८ निवासी श्री फन नारायण रेग्मीज्यूको घरको छाना उडेर गम्भीर क्षति पुगेपछि गोर्खाली समूह परिवार, कालिका–२ पदमपुरद्वारा सहयोग स्वरूप जस्ता पाता वितरण कार्यक्रम आज बिहान भव्य रूपमा सम्पन्न गरिएको छ।
कार्यक्रममा समाजसेवी तथा समूहका मानार्थ सदस्य श्री रमेशजङ थापाज्यूको विशेष सहयोग रहेको थियो। उहाँको प्रेरणादायी नेतृत्व, सक्रिय उपस्थिति र पूर्ण सहयोगले गर्दा कार्यक्रम सफल रूपमा सम्पन्न हुन सकेको हो। कालिका क्षेत्रका हरेक युवाको मन–मुटुमा बस्न सफल समाजसेवी थापाज्यू सामाजिक सेवाको उज्यालो उदाहरणको रूपमा रह्ननु भएको छ।
कार्यक्रममा समूहका पदाधिकारी ज्यु, सदस्यहरू तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, समूह पदाधिकारी तथा अन्य वक्ताहरूले समाजसेवा, मानवता र एकताको महत्वमाथि जोड दिएका थिए।
कार्यक्रमको अन्त्यमा समूहका अध्यक्ष रेशम राज वाग्ले ज्यूले सबै सहयोगी, सहभागी तथा प्रेरक शक्ति प्रदान गर्ने सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि यस्ता सेवामूलक कार्यलाई निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो।













