• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

नेपाल र भारतका विज्ञहरुबीच कुखुरापालन व्यवसायबारे छलफल

  •   शुक्रबार, जेठ १६, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। नेपाल र भारतका विज्ञहरुबीच कुखुरापालन व्यवसायबारे छलफल भएको छ । यहाँ आयोजित ‘सुदृढ पोल्ट्री उद्योग र दिगो विकास तथा आर्थिक सफलता’ विषयमा छलफल गरिएको हो ।

    भारतको पोल्ट्री रिभ्यू र नेपाल भेटेनरी पोल्ट्री एसोसिएसनको संयुक्त आयोजनामा भएको गोष्ठीमा नेपाल र भारतका सात विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा डा सुविर सिंहका अनुसार भारतका पाँच र नेपालका दुई पोल्ट्री क्षेत्रमा विशेषज्ञता हासिल गर्नुभएका विषय विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    नेपाल र भारतका १०३ वैज्ञानिक, उद्यमी, शिक्षाविद् र नीति निर्माता सहभागी भएको उक्त कार्यक्रममा ‘नेपालमा पोल्ट्री उद्योगः अनिश्चिचताबीचको सम्भावना’ विषयमा डा दिनेश गौतम र प्रा डा सिंहले नेपालको पोल्ट्री व्यवसायका अवसर र चुनौतीबारे विश्लेषण गर्नुभएको थियो ।

    सो अवसरमा प्रा डा ए एस राणादेले वातावरणमैत्री फिड प्रविधिको विकास र प्रभावका बारेमा प्रकाश पार्नुभएको थियो । डा विजयकुमार श्रेष्ठ र प्रा डा रेवन्तकुमार भट्टराईले सङ्क्रामक रोगको प्रकोप व्यवस्थापन विषयमा पोल्ट्री क्षेत्रमा देखापर्ने रोग र तिनको रोकथाम तथा नियन्त्रण रणनीतिबारे जानकारी गराउनुभयो ।

    यस्तै डा सन्तोष एम आइरेले पोल्ट्री फार्महरुमा स्वस्थ पानी व्यवस्थापनको महत्वबारे चर्चा गर्नुभएको थियो । भारतको सेपिएन्स ग्रुपका प्रशान्त कुमारले प्रविधिको प्रयोगबाट पोल्ट्रीजन्य उत्पादन र व्यवस्थापन कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा प्रस्तुति दिनुभएको थियो ।

    कार्यक्रममा विहार पोल्ट्री किसान महासङ्घका डा पवनकुमारले विहार राज्यको पोल्ट्री व्यवसायमा भइरहेका अभ्यासबारे अनुभव सुनाउनुभयो । सो अवसरमा नेपाल र भारतको सहकार्यको सम्भावना, नीति समन्वय, प्रविधि हस्तान्तरण, संयुक्त अनुसन्धानको आवश्यकता र सम्भावनाबारे समूहगत छलफल गरिएको थियो ।

    पोल्ट्री उद्योगमा विश्वभर भएका गुणस्तरीय सुधारका अभ्यासका बारेमा छलफल भएको प्रा डा सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यपत्र र छलफलले विशेषज्ञहरुका बीचमा ज्ञान, सीप र अनुभव आदानप्रदान गराएको छ ।” भारतीय सीमा क्षेत्रमा पोल्ट्रीजन्य सामग्री आयात निर्यातमा देखापरेका समस्या समाधान गर्न छलफल सहयोगी बनेको उहाँको भनाइ छ ।

    कार्यक्रममा पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्ट, पोल्ट्री इण्डियाका अध्यक्ष उदयसिंह बायस, कृषि तथा वन विज्ञान विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा आइपी ढकाललगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.