चितवन। आदर्श नारी विकास केन्द्रले शुक्रवार ३४ औं स्थापना दिवस मनाएको छ । ‘महिला अधिकारको सम्मान, आत्म निर्भरताको अभियान’ नाराको साथ केन्द्र ले स्थापना दिवस मनाएको हो ।
असहाय महिला र वालवालिकाको लागि आदर्श गृहको नाममा लैंगिक हिंसा प्रभावित असहाय महिला र वालवालिका पुनस्थापना केन्द्र समेत सञ्चालन गरेको छ। केन्द्रले आदर्श वचत र आदर्श स्वास्थ्य क्लिनिक समेत सञ्चालन गरेको छ।
केन्द्रकी निवर्तमान अध्यक्ष एवं गृहकी संयोजक मीना खरेलका अनुसार गृहमा हाल सम्म एक हजार दुई सय जनाभन्दा वढी लाई उद्दार गरि सकेको छ। हाल गृहमा ३३ जनाले आश्रय लिएका छन्। केन्द्रले ५६ जना छोरीहरुलाई पारिवारिक सहायता गरिरहेको छ।
बागमती प्रदेश सभा सदस्य विनु रायमाझी प्रमुख अतिथि रहेको कार्यक्रममा चितवन प्रहरी प्रमुख गोविन्द पुरी , भरतपुर ४ का वडाध्यक्ष अर्पण पोखरेल, संगीता भट्टराई, गीता श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।
केन्द्रकी अध्यक्ष उषा खरेलको अध्यक्षतामा सम्पन्न भएको उत्त कार्यक्रममा प्रदेशसभा सदस्य विनु रायमाझी, चितवन प्रहरी प्रमुख गोविन्द पुरी र प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष शान्ता अधिकारी लाई स्वागत र सम्मान गरिएको थियो।








