चितवन । चितवनकी एक महिलाले रात्री बसमै आफ्नो बच्चालाई जन्म दिएकी छन् । काठमाडौंबाट भैरहवा जाँदै गरेको लु २ ख २५६१ नम्बरको मञ्जु श्री बसमा यात्रा गर्ने क्रममा चितवनकी एक महिलाले शिशुलाई जन्म दिएको दिएकी हुन् ।
काठमाडौंबाट छुटेको बस नौबिसे पुग्दा महिलालाई व्यथा लागेपछि बस रोकेर गाडीमा रहेका महिला यात्रुहरुको सहयोगमा ती महिलाले छोरा जन्माएको बसका स्टाफ ऋषव श्रेष्ठले जानकारी दिए। डेलिभरी पछि शिशु र आमालाई काठमाडौं पठाईएको उनले बताए ।








