• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

गुण्डागर्दी र अपराधमा लागेकाहरू कसैका कार्यकर्ता हुन सक्दैनन् : चितवन प्रहरी प्रमुख गोविन्द पुरी

  •   बुधबार, जेठ २१, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गोविन्द पुरीले अपराध र गुण्डागर्दी नियन्त्रणमा कुनै पनि राजनीतिक दबाब वा प्रभाव नस्वीकारिने स्पष्ट पारेका छन्। चितवनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रमुख पुरीले प्रहरी ऐन, नियम र कानुनले दिएको अधिकार प्रयोग गरेर जिल्लामा शान्ति सुरक्षाको वातावरण निर्माण गर्न प्रहरी सक्रिय रहेको जानकारी दिए। उनले भने, ‘गुण्डागर्दी र अपराधमा संलग्न कोही पनि कुनै दलको नेता, कार्यकर्ता वा कसैको आफन्त हुन सक्दैन।

    अपराधी भनेको अपराधी नै हो।’ यस विषयमा चितवनका प्रमुख राजनीतिक दलहरूसँग पनि छलफल भइसकेको प्रहरी प्रमुख पुरीले बताए। उनले स्वतन्त्र, निष्पक्ष र नियमअनुसार अपराध नियन्त्रण गर्ने नीति प्रहरीको रहेको जनाए। प्रहरी प्रमुखको अनुसार, जिल्लामा गुण्डागर्दी नियन्त्रण, घरेलु मदिरा नियन्त्रण, ट्राफिक नियमको कार्यान्वयन, फरार प्रतिवादी पक्राउ लगायतका कार्यहरूमा प्रहरीले सशक्त उपस्थिति देखाउँदै आएको छ। पछिल्लो एक महिनाको अवधिमा चितवन प्रहरीले जिल्लाका विभिन्न स्थानबाट २ सय ९४ लिटर घरेलु मदिरा बरामद गरेको छ।

    जिल्ला प्रहरी कार्यालय चितवनले सार्वजनिक गरेको विवरणअनुसार, यात्रुहरूको झोला तान्ने, जबरजस्ती गाडीमा चढाउने, मनपरी भाडा असुली गर्ने कार्यमा संलग्न ११६ जनालाई नियन्त्रणमा लिएर चेतावनी दिइएको छ। प्रहरी प्रमुख एसपी गोविन्द पुरीका अनुसार, यस अवधिमा मोटरसाइकलको स्वरुप परिवर्तन गरी सञ्चालन गर्ने ६६ वटा सवारी नियन्त्रणमा लिइए, जसबाट ७ लाख ६८ हजार रुपैयाँ राजस्व असुली गरिएको छ।

    त्यस्तै, ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ४४७ चालकलाई कारबाही गर्दै १७ लाख ३४ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको छ। एसपी पुरीले फरार रहेका २८ वर्ष ८ महिना ११ दिन कैद र १० लाख ३७ हजार ३ सय ४५ रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी १३० जना प्रतिवादी पक्राउ गरी चितवन जिल्ला अदालतमा उपस्थित गराइएको जानकारी दिए । प्रहरीले समुदाय–प्रहरी साझेदारी अन्तर्गत ‘एक युनिट एक दिन’ कार्यक्रम सञ्चालन गरेको छ। उहाँले विपद् व्यवस्थापन, उद्धार, राहत सामग्री व्यवस्थापन, स्टप एण्ड सर्च योजना लगायतका विषयमा सरोकारवालासँग समन्वय गरी आगामी दिनमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.