• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

वाग्मती प्रदेशका कोभिड प्रयोगशालाकर्मीलाई तालीम

  •   बिहिबार, मङि्सर १८, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    फाइल फोटो

    वाग्मती प्रदेशका कोभिड प्रयोगशालामा काम गर्ने चिकित्सक एवं प्राविधिकका लागि दुई दिने तालीम आजदेखि यहाँ शुरु भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुद्वारा आयोजित उक्त तालीममा जैविक सुरक्षा, व्यक्तिगत सुरक्षा उपकरणको परिचय, उपकरणको निर्मलीकरण, जैविक सुरक्षाको तह, नमूना सङ्कलन, ढुवानीका बेला अपनाउनुपर्ने सुरक्षा विधि, फोहरको व्यवस्थापन, विवरण सङ्कलन र अध्यावधिकलगायत विषयमा प्रशिक्षण दिइने छ । तालीमको उद्घाटन गर्दै भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले पिसिआर प्रयोगशालामा पछिल्लो समय आमूलपरिवर्तन आएको बताए । चितवन जिल्लामा मात्रै १० प्रतिशतभन्दा बढी जनताको पिसिआर परीक्षण गरिएको भन्दै उनले यस क्षेत्रमा जोखिम मोलेर काम गरेकाप्रति सरकारले उचित मूल्याङ्कन गरेको बताए । उनले भने, “प्रयोगशालामा काम गर्ने तपाईहरु चिकित्सकको पनि चिकित्सक हो । तपाईहरुले गरेको प्रयोगशालाको नतिजाका आधारमा चिकित्सकले बिरामीलाई औषधि दिन्छन् ।” स्वास्थ्य अनुसन्धान परिषद्का उपाध्यक्षसमेत रहेका डा अधिकारीले प्रयोगशाला परीक्षणको अभावमा दुर्गम जिल्लामा रोग फैलिँदासमेत अज्ञात रोग भन्नुपर्ने अवस्था रहेको बताए । उनले भने, “चितवन जस्ता ठाउँमा जस्तोसुकै रोग आए पनि अज्ञात रोग भन्न पर्दैन । त्यो प्रयोगशालाकै कारणले हो ।”कार्यक्रममा भरतपुर अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा जगन्नाथ तिवारीले जिल्लामा तीन वटा पिसिआर परीक्षण प्रयोगशाला रहेको भन्दै यसले उपचार र कोभिड रोकथाममा सहयोग पुगेको बताए । वाग्मती प्रदेश प्रादेशिक प्रयोगशालाका निमित्त निर्देशक नारायण कार्कीले कोभिड प्रयोगशालामा काम गर्नेहरुले चाडपर्वको समयमा समेत बिदा नबसी काम गरेको बताउँदै सुरक्षाका विधिका बारेमा थप चनाखो हुन यो तालीम प्रभावकारी हुने बताए । कार्यक्रममा क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेल, रमेश धमलालगायतले तालीमको प्रभावकारितताको बारेमा जानकारी दिए । दुई दिने तालीममा वाग्मती प्रदेशका पिसिआर प्रयोगशालामा कार्यरत ३५ जनाको सहभागिता छ । तालीममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका डा महेश अधिकारी र भरतपुर अस्पताल कोभिड– १९ प्रयोगशालाका प्रमुख डा नीतु अधिकारीले प्रशिक्षण दिएका छन् ।

    बागमती प्रदेशले संघिय सरकारसँग पुनर्निर्माणका लागि एक अर्ब अनुदान माग्ने
    बागमती मन्त्रिपरिषद् विस्तारः राप्रपाका तीनसहित ६ नवनियुक्त मन्त्रीले लिए शपथ
    बागमतीमा एमाले, नेकपा र राप्रपाबीच टुंगियो मन्त्रालय भागबन्डा, कुन दललाई कति?

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.