• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

सीमा सुरक्षासम्बन्धी कानुन तर्जुमा गर्न सरकार सकारात्मक छः गृहमन्त्री थापा

  •   सोमबार, मङि्सर २९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । गृहमन्त्री रामबहादुर थापाले सीमा सुरक्षासम्बन्धी कानुन तर्जुमा गर्ने र सशस्त्र प्रहरी ऐनमा समेत यसको व्यवस्था गर्ने विषयमा सरकार सकारात्मक रहेको बताउनु भएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गणीमाई बाहिनीको आज भण्डारामा उद्घाटन गर्नुहुँदै सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त सीमा सुरक्षाको कार्यदेशलाई थप प्रभावकारी रुपमा सम्पादन गर्न यसले सहयोग पु¥याउने बताउनुभयो । सबै सम्बद्ध निकायहरुको सामूहिक प्रयासले मात्रै समृद्ध राष्ट्र निर्माण सम्भव हुने भन्दै उहाँले यसका लागि शान्ति, सुरक्षा आधारभूत तत्वको रुपमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो “सबै निकायहरुबीचको पारस्परिक समन्वय र सहकार्यबाट मात्रै शान्ति सुरक्षा र अमनचयन कायम गर्ने कुरा सम्भव हुन्छ ।” उहाँले अन्य सुरक्षा निकायहरुसँग समेत आवश्यक समन्वय गर्दै अघि बढ्न सशस्त्र प्रहरीलाई निर्देशन दिनुभयो । सशस्त्र प्रहरीलाई समानुकूल जनशक्ति थप गर्दै आधुनिकीकरण र प्रविधिमैत्री बनाउने एवं संगठनको व्यवसायिक दक्षता अभिबृद्धि गर्दै लैजान सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । थापाले भन्नुभयो “सकल दर्जाको राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले आफ्नो पेशागत ज्ञान, दक्षता र क्षमता अभिबृद्धि गरी समयानुकूल कार्यस्रम्पादन गर्न सकेमा राष्ट्रय र संगठनको लक्ष्यप्राप्तमा थप टेवा पुग्नेछ ।” यस आर्थिक वर्षमा २२१ बीओपी ९बोर्डर आउटपोष्ट० स्थापना गर्ने लक्ष्यका साथ मन्त्रालय अघि बढिरहेको भन्दै उहाँले यस वर्ष ८७ वटा नयाँ बीओपी स्थापना भईसकेको जानकारी दिनुभयो । भारत र चीन दुवै देशसँग सीमाना जोडिएको यस बागमती प्रदेशको अलग र विशेष महत्व रहेको भन्दै उहाँले सुरक्षाको दृष्टिले समेत उच्च संवेदनशील रहेको बताउनुभयो । राष्ट्रको आन्तरिक सुरक्षालाई बलियो पार्न अझै उच्चस्तरको ज्ञान, सीप र व्यवसायिक दक्षता प्रदर्शन गरी परिचालित हुन उहाँले निर्देशन दिनुभयो । बाहिनी उद्घाटनका अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलैन्द्र खनालले सीमा सुरक्षालाई मजबुद बनाउँदै अघि बढ्ने बताउनुभयो । उहाँले देशका सीमानामा बीओपी स्थापना गर्दै लगिएको जानकारी दिनुभयो । बीओपीको संख्या ५०० पु¥याउने उहाँको भनाई थियो । कार्यक्रममा बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठले बाहिनीको बारेमा जानकारी गराउनु भएको थियो । सो बाहिनी बि।सं। २०७५ साल भाद्र ६ गते स्थापना भएको हो । यसले राजधानीका तीन जिल्ला बाहेक बागमती प्रदेशका १० जिल्ला हेर्दै आएको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.