काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको मुद्दा संवैधानिक इजलासमा पेसी चढेको छ । काभ्रेकी पूर्णिमाया लामाले आफ्नो पति हत्याको अभियोगमा जोडिएका सापकोटाको पक्षमा निर्णय गरेको भन्दै उनले ०६९ मंसिर ७ गते सर्वोच्च अदालत आएकी थिइन् । लामाले दायर गरेको मुद्दा पेसी चढेको यो ४२औं पटक हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा पेसीमा छ । ०६२ वैशाखमा काभ्रेका अर्जुन लामाको माओवादी कार्यकर्ताले अपहरणपछि हत्या गरेका थिए ।








