हेटौँडा । दाङमा टिकटक बनाउन झुलुङ्गे पुलमा झुण्डिएका एक युवा लडेर गम्भीर घाइते भएका छन् । शनिबार दिउँसो दाङको दंगिशरण गाउँपालिका(५ पुरन्धारा झरना नजिकैको बबई नदीको झुलुङ्गे पुलबाट लडेर गम्भीर घाइते भएका हुन् । टिकटक बनाउन झोलुङ्गे पुलमा झुण्डिएका तुलसीपुर उपमहानगरपालिका(१९ बिजौरीका २४ वर्षीय रमेश थापा पुलबाट खस्दा गम्भीर घाइते भएका छन् । वन भोज खान उक्त स्थानमा साथीहरु गएका थापा टिकटक बनाउने क्रममा पुलबाट खस्दा गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले जानकारी दिएका छन् ।
थापा उद्धार गरि उपचारकालागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लागिएकोमा त्यहाँ उपचार संभव नभएपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको जनाइएको छ । थापा पुलबाट करिब ३० मिटर तल बबई नदिको बगरमा खसेका थिए ।
टिकटक बनाउन झुलुङ्गे पुलमा झुण्डिएका युवक खसेर गम्भीर घाइते
टिकटक बनाउन झुलुङ्गे पुलमा झुण्डिएका युवक खसेर गम्भीर घाइते
- अ
- अ
- अ








