राईगाउँ । बागमती गाउँपालिका ३ को सल्लेरी वयलघारीमा सरोज भम्जन र विकास जिम्वाको पहलमा नेकपा पार्टी परित्याग गरी ५१ जना नेपाली काग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस बागमती ३ का वडा सभापति दिनेश माझीको सभाध्यक्षता तथा कांग्रेस मकवानपुरकी जिल्ला सदस्य ईन्दिरा न्यौपानेको प्रमूख आतिथ्यतामा भएको टोल भेला तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा परित्याग गरी ५१ जना कांग्रेसमा प्रवेश गरेका हुन् । कार्यक्रममा बागमती गाउँपालिका सभापति भक्तबहादुर राई, उपसभापति डम्बर बिक, सल्लाहकार फणिन्द्र तिमल्सिना, शंकर पराजुली, नगर सदस्य मिना ढुंगाना, क्षेत्रीय सदस्यलगायतले मन्तव्य राखेका थिए ।








