हेटौंडा । मकवानपुरको विकट राक्सिराङ र कैलाश गाउँपालिकामा अबैध रुपमा लगाइएको गाँजा खेती नष्ट गरिएको छ । ८५ जना प्रहरीको टोलीले ३२ बिगाहा ५ कट्ठा क्षेत्रफलमा लगाइएको हरियो गाँजा खेती नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश अधिकारी, इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरिक्षक बिनोद श्रेष्ठ र ईलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरिक्षक विकाश कुमार तामाङको कमाण्डमा संयुक्त रुपमा खटिएको ८५ जना प्रहरी टोलीले गाँजा फडानी गरेको हो । राक्सिराङ वडा नंबर ३ को लावती, सरिखेत पलासे र कैलाश गाउँपालिका वडा नंबर ५ लगायत स्थानहरुमा ३२ बिगाहा ५ कट्ठा लागुऔषध गाँजा खेती फडानी गरी नष्ट गरिएको हो।








