चितवन । चितवनमा सक्रिय कोरोना संक्रमितको संख्या निरन्तर ओरालो लागेको छ । बुधबारसम्म आइपुग्दा चितवनमा सक्रिय संक्रमितको संख्या २६८ मा झरेको छ । हालसम्म ६ हजार २ सय ५९ जनामा संक्रमण पुष्टि भएकोमा ५ हजार ८ सय ९० संक्रमित निको भइसकेका छन् । १०१ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालले बताइन् । सक्रिय संक्रमितमध्ये भरतपुर महानगरका मात्रै २१२ जना छन्, भने रत्ननगरका ३०, खैरहनीका ९ र माडीका ८ जना छन् । त्यस्तै, कालिकाका ६, राप्तीका दुई र इच्छाकामनाका एक जना सक्रिय संक्रमित रहेको ढकालले बताइन् । पछिल्लो ६ दिनमा एक जना संक्रमितको मृत्यु भएको हो ।








