काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल पक्षले आज पत्रकार सम्मेलन गर्ने भएको छ । आज विहान माइतीघरबाट सुरु भएको प्रदर्शनसहित निर्वाचन आयोग पुगेको प्रचण्ड–नेपालले आगामी आन्दोलनका कार्य तालिका सार्वजनिक गर्न शुक्रबार २ बजे पत्रकार सम्मेलन गर्ने भएको हो । बबरमहलस्थित कार्की व्यांकेटमा हुने पत्रकार सम्मेलनमा अध्यक्षद्वय प्रचण्ड, माधव नेपाल तथा अन्य केन्द्रीय नेताहरुको समेत उपस्थित रहनेछ ।








