चितवन । पूर्वमन्त्री बिक्रम पाण्डेले ३ बर्षसम्म पनि माडीमा विकासका कार्यहरू सम्पन्न हुन नसक्दा दुःख लागेको बताउनु भएको छ । आज माडीमा भएको एक श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उहाँले निर्वाचनको ३ वर्ष हुँदा समेत बिकास निर्माणका कार्यहरु सम्पन्न हुन नसक्दा दुःख लागेको बताउनु भएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतासमेत रहनु भएका पाण्डेले विकास बाँडेर खाने कामहरु भएको बताउनु भयो । उहाँले भन्नुभयो “विकास रकम बाँडेर खाने कामहरुतिर मात्रै अगाडि बढेको देखिएको छ । जनताको काममा कसैले पनि ध्यान दिएको देखिएन ।” अहिलेसम्म पनि रिउ करिडोर बन्न नसम्दा आफूलाई एकदमै चिन्ता लागेको उहाँको भनाइ छ । साथै पाण्डेले जनताको साथमा सधै साथमा रहेको आश्वासन समेत दिनु भयो । छुट्टै प्रसङ्गमा बोल्दै उहाँले पछिल्लो समयमा देशमा भइरहेको राजनीतिक दुरावस्थाले गर्दा आफुमा धेरै जिम्मेवारी बोध भएको बताउनुभयो । उहाँलेसंसद विघटनको विरोधमा राप्रापाले पनि विभिन्न कार्यक्रमको आयोजना गर्ने तयारी गरेको समेत जानकारी दिनुभयो ।








