काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचार उच्चस्तरीय समन्वय समितिमा सदस्य रहेका मन्त्रीहरुसँग उपत्यका छाड्न चाहने हरुका लागि आवश्यक व्यवस्था गर्नेबारे छलफल सुरु गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा सो समितिमा रहेका मन्त्रीहरुसँग छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।
सयौं किलोमिटर टाढाका जिल्लावासीहरु समेत दिनहुँ काठमाडौंबाट बालबालिकासहित पैदलै जान थालेपछि सरकारले त्यसबारे छलफल सुरु गरेको हो।
उपप्रधानमन्त्री इश्वर पोखरेल नेतृत्वको सो समितिले यसअघि पनि त्यसबारे छलफल गरे पनि स्पष्ट निर्णय लिन सकेको थिएन।
सो समितिमा गृहमन्त्री, आपूर्ति, अर्थ, परराष्ट्र, स्वास्थ्य, पर्यटन र कृषि मन्त्री सदस्य छन्।








