चितवन । रोटरी क्लव अफ नारायणी मिड टाउन भरतपुरले चितवनका विभिन्न स्थानिय तहमा राहत वितरण गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० नियन्त्रणका लागि जारी लकडाउनको कारण समस्यामा परेका मजदुरी गर्ने तथा अति विपन्न परिवारलाई राहत वितरण गरेको हो । क्लबले शुक्रबार चितवनको कालिका नगरपालीका वडा नं १ र ईच्छाकामना गाउँपाललिका वडा नं ७ मा राहत बितरण गरेको हो । क्लबका अध्यक्ष आशिष भण्डारीसहितको प्रतिनिधीले कालिका १ का एक सय घरधुरीका लागि सोही वडाका वडाध्यक्ष लिला गुरुङमार्फत एक लाख बराबरको खाद्यान्न हस्तान्तरण गरेको क्लबका कार्यक्रम संयोजक राजेश्वर खनालले जानकारी दिए । यस्तै ईच्छाकामना गाउँपालीका नं नम्बर ७ का १ सय घरधुरीका लागि वडाअध्यक्ष बम बहादुर थापा मार्फत एक लाख बराबरको खाद्यान्न हस्तान्तरण गरिएको खनालले बताए । नेपाल सरकारले आह्वान गरेको राहत वितरणका लागि एकद्वार प्रणाली अनुसार सम्बन्धित वडाका वडाध्यक्षमार्फत नै खाद्यान्न हस्तान्तरण गरिएको उनले बताए । क्लबले जिल्ला प्रहरी कार्यालय चितवनलाई १५ हजार बराबरको ह्याण्ड सेनिटाइजर उपलब्ध गराएको छ। विश्वब्यापी फैलिरहेको कोरोना भाइरस लाई मध्यनजर गर्दै क्लबले प्रहरी कार्यालयलाई ह्याण्ड सेनीटाईजर उपलब्ध गराएको हो । उक्त सेनिटाइजर जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरिक्षक देवराज शर्मालाई हन्तान्तरण गरेको छ । यस्तै क्लवले कालिका नगरपालिकाको पदमपुर डेरी र मनकामना डेरीलाई ५ सय प्रति मास्क उपलब्ध गराएको छ । पदमपुर डेरीलाई ३ सय र मनकामना डेरीलाई २ सय प्रति मास्क उपलब्ध गराईएको खनालले बताईन् । कार्यक्रममा रोटरिएन यमनाथ दनाई, रोटरिएन अर्पणा राज भण्डारी, रोटरिएन परमेश्वर भण्डारी लगायतको उपस्थिती रहेको थियो । रोटरी क्लव अफ नारायणी मिड टाउन भरतपुरले विभिन्न सामाजिक सेवा मुलक कार्यमा आफ्नो सक्रिय सहभागीता जनाउँदै आईरहेको छ ।








