• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

विश्व स्वास्थ्य संगठनको टोली उदयपुर जाँदै

  •   बुधबार, बैशाख १०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं ।    उदयपुरको त्रियुगा नगरपालिकास्थित भुल्केमा मंगलबार थप ११ जना कोरोना संक्रमित फेला परे।काठमाडौं र धरानमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण देखिएको हो।योसँगै देशभर संक्रमितको संख्या ४२ पुगेको छ। जसमध्ये २४ जना उदयपुरकै छन्।मंगलबार कोरोना संक्रमित भनेर पुष्टि गरिएका ११ जना भुल्केस्थित मस्जिदसँग सम्बन्धित छन्।विदेशबाट आएका व्यक्तिमा मात्र भाइरस देखिँदा त्यसलाई संक्रमणको पहिलो चरण मानिएको थियो। दुबईबाट नेपाल आएका धनगढीका युवाको परिवारमा संक्रमण देखिएसँगै स्थानीय संक्रमण अर्थात् संक्रमणको दोस्रो चरण सुरु भएको थियो।

    उदयपुरमा यति ठूलो संख्यामा संक्रमित फेला परेसँगै के संक्रमणसँगै तेस्रो चरण अर्थात् भाइरस समुदायमा फैलिन सुरु भएको हो?इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. वासुदेव पाण्डेले अहिले नै यसबारे केही भन्न नसकिने बताए।उनले विश्व स्वास्थ्य संगठनसहितको टोली उदयपुर गएर यसबारे मूल्यांकन गर्ने बताए।‘अहिले नै भन्नसक्ने अवस्था छैन। हाम्रो टोली भोलि उदयपुर जाँदैछ। तर मैले पाएको सूचनाअनुसार जति संक्रमित छन् उनीहरुको कुनै न कुनै रुपमा मस्जिदसँग सम्बन्ध छन्,’ पाण्डेले भने।

    पाण्डेका अनुसार संक्रमितमध्ये धेरै धर्मगुरुको सेवामा भएका मानिस छन्। यसअघि नै भुल्केमा प्रदेशले केही विज्ञहरुलाई पठाइसकेको छ।भाइरस पोजिटिभ देखिएकाहरुको विराटनगरस्थित कोसी अस्पतालमा उपचार भइरहेको छ।

    स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले उदयपुरमा एकैदिन ठूलो संख्यामा संक्रमित भेटिएपनि अहिले नै महामारी समुदायमा पुगेको भन्न नसकिने बताए।‘अहिले ठूलो संख्या देखिएकैले संक्रमण समुदायमा पुग्यो भन्न सकिँदैन,’ उनले भने।यद्यपि थप सतर्क रहनुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ।

    जनस्वास्थ्य विज्ञ डा. शरत वन्त उदयपुरमा संक्रमण समुदायमै फैलिएको किटान गर्न नसकिए पनि त्यसको स्पष्ट संकेत भने भेटिएको बताउँछन्।‘सुरुमै संक्रमित भएको १२ जना कताबाट संक्रमित भएका हुन् भने अहिलेसम्म हामीले पत्ता लगाउन सकेका छैनौं। उनीहरुको भनाइअनुसार नेपालमै संक्रमित भएको भन्ने हुन्छ। पहिले उनीहरु कहाँ संक्रमित भए त्यो पत्ता लगाउनु पर्छ,’ वन्तले भने, ‘अहिले उदयपुरमा भेटिएका संक्रमितहरुले समुदायमा पुगेको संकेतको रुपमा लिन सकिन्छ।’वन्तले अहिले थप सकर्त हुनुपर्ने बताए।‘समुदायमा संक्रमण फैलिएको छैन भनेर ढुक्क हुने स्थिति छैन, सतर्क हुनुपर्छ,’ उनले भने।मंगलबार पुष्टि भएका संक्रमितहरु नमाज यसअघि फेला परेका १३ जना संक्रमितसँगै कयौँ दिन बिताएका थिए।

    उनीहरुले पनि भुल्के मस्जिदमा चैत १ गतेदेखि १० गतेसम्म सँगै ध्यान गरेका थिए। भुल्केका ५३ मुस्लिम परिवारका ६९ जनाको स्वाब शनिबार संकलन गरिएको थियो। उनीहरु मस्जिद गइरहने गरेको पाइएको उदयपुरका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढा मगरले बताए।मस्जिदमा नियमित जानेको स्वाब शनिबार विराटनगर लगिएको थियो। यिनै परिवारका बाँकी सदस्यसहित अन्यको स्वाब परीक्षणका लागि आइतबार काठमाडौंबाट हेलिकोप्टरमा सेनासहितको चिकित्सक पुगेका थिए।मस्जिद आसपासमा रहेका बस्तीका ३ सय २० जनाको स्वाब संकलन गरेर टोली फर्किएको थियो। त्यसै मध्येबाट तीन जनामा कोभिड १९ पोजेटिभ देखिएको हो।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.